जेनजी आन्दोलनका विषयमा गभर्नर डा. पौडेलले गरे बैंकर र व्यवसायीसँग छलफल


काठमाडौं – नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले बैंकर र व्यवसायीका प्रतिनिधिसँग छलफल गरेका छन् । गभर्नर पौडेलले पछिल्लो घटनाक्रमका कारण परेको असरबारे बैंकर र व्यवसायीका प्रतिनिधिसँग छलफल गरेका हुन् ।

आज उनले जेनजीको आन्दोलनबाट पुगेको क्षतिका विषयमा छलफल गरेका हुन् । छलफलमा बैंकर्सको तर्फबाट नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइराला, बैंकर्स संघका उपाध्यक्ष सुरेन्द्र रेग्मी, डेभलपमेन्ट बैंकर्स संघका अध्यक्ष सुयोग श्रेष्ठ, सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) निश्चलराज पाण्डे, गरिमा विकास बैंकका सीईओ माधव उपाध्याय सहभागी थिए ।

यस्तै, उद्योगी व्यवसायीका तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ, नेपाल चम्बर अफ कमर्सका अध्यक्ष कमलेस कुमार अग्रवाल, नेपाल उद्योग परिंघका अध्यक्ष विरेन्द्र पाण्डे, उद्योग परिसंघका पूर्वअध्यक्ष सतिस मोर, चेम्बरका वरिष्ठ उपाध्यक्ष दिपक मलहोत्रा, प्रवलजंग पाण्डे सहभागी भिए ।