काठमाडौं – जेनजी आन्दोलनको फाइदा उठाउँदै कारागारबाट बाहिर निस्केका रवि लामिछानेको फोटो ‘मस्ट वान्टेड’को सूचीमा परेको छ । भदौ २४ गतेको आन्दोलनको फाइदा उठाउँदै समर्थकले कारागार घेराउ गर्दा रवि बाहिर निस्केका थिए । सुरुमा प्रक्रिया पुर्याएको दाबी गरिए पनि उनी ‘मस्ट वान्टेड’को सूचीमा परेका हुन् ।
सहकारी ठगीको आरोपमा अदालतले नै थुनामा पठाएका लामिछानेको ‘मस्ट वान्टेड’ लेखिएको तस्बिर काठमाडौंमा छ्यापछ्याप्ती छन् । तर, यो तस्बिर कसले टाँसेको भन्ने यकिन भइसकेको छैन । किनकि, प्रहरी प्रवक्ता विनोद घिमिरे लामिछाने प्रहरीको सम्पर्कमा नै रहेको बताउँछन् ।
जेनजी आन्दोलनको फाइदा उठाउँदै कारागारबाट बाहिर निस्केका रवि लामिछानेको फोटो ‘मस्ट वान्टेड’को सूचीमा परेको छ। भदौ २४ गतेको आन्दोलनको फाइदा उठाउँदै समर्थकले कारागार घेराउ गर्दा रवि बाहिर निस्केका थिए । सुरुमा प्रक्रिया पुर्याएको दाबी गरिए पनि उनी ‘मस्ट वान्टेड’को सूचीमा परेका हुन् ।
‘उनलाई कारागार प्रशासनले कागज गरेर छाडिएको छ, उहाँलाई जति बेला बेलाए पनि आउनु हुन्छ,’ उनले भने, ‘उहाँ हाम्रो सम्पर्कमा नै हुनुहुन्छ ।’ उनका अनुसार कारागारले उनलाई कागज गरी छेडिएको हो । तर, कारागार अघि भने ‘कैदी भागेको सूचना’ भन्दै टाँसिएको पोस्टरमा रविलाई ‘मस्ट वान्टेड’का रूपमा राखिएको छ ।
साथै, नक्खु कारागार परिसरले भागेका सम्पूर्ण कैदी तथा थुनुवालाई तुरुन्तै आत्मसमर्पण गर्न सार्वजनिक अपिल जारी गरिएको छ । जेनीजी आन्दोलनको पहिलो दिन सरकार पक्षबाट १९ जना मारिएपछि भदौ २४ गते उग्र रूप लिएको थियो । भ्रष्टाचारीको विरुद्धमा भएको आन्दोलनमा प्रहरीको गोली लागेर सुरुमा १९ जना मरे पनि अहिलेसम्म ५१ जनाको मृत्यु भइसकेको छ ।
सोही आन्दोलनका क्रममा देशव्यापी आगजनी र तोडफोडमा उत्रिएका एउटा समूह लामिछाने कैद नख्खु कारागारमा पुगेका थिए । कारागार बाहिर ठुलो सङ्ख्यामा पुगेका आन्दोलनकारीले प्रहरी र सरकारविरुद्ध नारा लगाउँदै रवि छाड्न दबाब दिएपछि प्रशासनले रविलाई छाडेको थियो ।
तर, आन्दोलनकारीको बलमा रवि बाहिर आएपछि चौतर्फी विरोध सुरु भएको थियो । यससँगै, नेपाली काँग्रेस र नेकपा एमालेका कार्यकर्ताले काठमाडौंभरी लामिछानेको फोटो अंकित ‘मस्ट वान्टेड’ फोटो टाँस्दै आइरहेका छन् । यही क्रममा नख्खुको कारागार बाहिर समेत लामिछानेको फोटो अंकित ‘मस्ट वान्टेड’ तस्बिर टाँसिएको हो ।
सोही आन्दोलनका क्रममा देशव्यापी आगजनी र तोडफोडमा उत्रिएका एउटा समूह लामिछाने कैद नख्खु कारागारमा पुगेका थिए । कारागार बाहिर ठुलो सङ्ख्यामा पुगेका आन्दोलनकारीले प्रहरी र सरकारविरुद्ध नारा लगाउँदै रवि छाड्न दबाब दिएपछि प्रशासनले रविलाई छाडेको थियो ।
लामिछाने छाडिएपछि देशभरका कारागारबाट कैदी बन्दी भाग्ने क्रम बढ्यो । जस कारण देशभरका कारागारबाट १४ हजारभन्दा बढी कैदी भागेका छन् । जसमध्ये करिब २ हजार कैदी पुनः कारागार फर्किएको तथा पक्राउ परे पनि १३ हजारभन्दा बढी अझै सम्पर्कमा छैनन् । रवि बाहिर निस्केपछि भिभिआइपीसहित सबैजसो कैदी जेलबाहिर निस्कँदा दसैँको मुखमा समाजमा एक खालको त्रास पैदा भएको छ । जसमध्ये, भीभीआईपी कैदी सञ्जय टक्कालगायतलाई प्रहरीले पुनः पक्राउ गरिसकेको छ ।






About Us
प्रतिक्रिया