काठमाडौं – धरानको भाटभटेनी सुपरमार्केटमा भदौ २४ गते भएको आगजनी र लुटपाटमा संलग्न चार जनाको जलेर मृत्यु भएको पुष्टि भएको छ। इलाका प्रहरी कार्यालय धरानका अनुसार उनीहरू सबै आगजनी र चोरीका लागि भित्र पसेका थिए।
मृत्यु भएको शव खरानी भएको अवस्था शरीरका केही अंग मात्र फेला पारिएको प्रहरीले बताएको छ। आन्दोलनका क्रममा केही व्यक्तिहरूले बन्द रहेको भाटभटेनीको सटर फोडी पेट्रोल खन्याएर आगो लगाएका थिए।
आगो तीव्र गतिमा फैलिँदा उनीहरू भित्रै फसेर जलेका थिए। तीन जनाको शव चौथो तलामा र एक जनाको शव दोस्रो तलामा भेटिएको थियो ।



About Us
प्रतिक्रिया