प्रत्येक आन्दोलनको निशानामा व्यवसायी र व्यवसायीक संस्था, रोजगारीसँगै अर्थतन्त्रमा नै पर्नेछ प्रभाव

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – देशको कूल अर्थतन्त्रको ८० प्रतिशतभन्दा बढी हिस्सा ओगट्दै आइरहेको निजी क्षेत्र प्रत्येक पटकको आन्दोलनमा निशानामा पर्न थालेको छ । रोजगारी सिर्जना गर्दै अर्थतन्त्रमा प्रत्यक्ष योगदान पुर्‍याउँदै आइरहेको निजी क्षेत्र गणतन्त्रवादी र राजावादी तथा स्वतन्त्र समूहले गर्ने गरेका प्रत्येक आन्दोलनको निशानामा पर्न थालेको हो ।

आन्दोलनकारीले आफ्नो रिस पोख्ने र निजी क्षेत्रका सम्पत्ति, व्यक्ति, संस्था र कम्पनीमाथि प्रत्येक पटक आक्रमण गर्ने गरेका हुन्। यहीक्रम ‘सेप्टेम्बर ८’ को आन्दोलनमा समेत दोहोरियो । सुरुमा सरकारले १९ जना आन्दोलनकारीको हत्या गरेपछि भड्किएको भिड भदौ २४ गते अनियन्त्रित बनेको थियो ।

अनियन्त्रित बनेको भिडबाट संसद् भवनदेखि प्रमुख प्रशासकीय अड्डा सिंहदरबार, सर्वोच्च अदालत, सांस्कृतिक धरोहर, प्रधानमन्त्री निवाससँगै राष्ट्रपति कार्यालय समेत जले । यसबाहेक, मन्त्रीहरूको निजी निवास तथा देशभरका प्रहरी कार्यालय समेत जलेर खरानी बने । तर, आन्दोलनकारी सरकारी अड्डा अदालत जलाउनमा मात्रै भने सीमित बनेनन् ।

उनीहरूले देशका एक मात्रै अर्बपति विनोद चौधरीसहित, आईएमई समूह र भाटभटेनीमाथि निशाना साँधे । विनोद चौधरी घरमा लुटपाट गरे भने चौधरी समूह अन्तर्गतका सबैजसो व्यवसायीक संस्थामाथि आक्रमण गरे । सीजी मोटर्सदेखि अन्य व्यवसायीक संस्थामा आक्रमणकारीले तोडफोड तथा आगजनी गराए ।

अनियन्त्रित बनेको भिडबाट संसद् भवनदेखि प्रमुख प्रशासकीय अड्डा सिंहदरबार, सर्वोच्च अदालत, सांस्कृतिक धरोहर, प्रधानमन्त्री निवाससँगै राष्ट्रपति कार्यालय समेत जले ।

यसबाहेक, आईएमई समूह समेत आन्दोलनकारीको निशानामा पर्यो । जसकारण, चन्द्रागिरि केबलकारदेखि अन्यत्र समेत आक्रमण भयो । यी दुई संस्थाले कम्तीमा १०/१० हजार जनालाई रोजगारी दिनुका साथै वर्षेनी अर्बौं रुपैयाँ राजश्व राज्य कोषमा बुझाउँदै आइरहेका छन् । यसबाहेक, नेपालमा नै व्यवसायीक वातावरण छ भनेर विश्वजगतमा समेत देखाइरहेका छन् ।

यी दुई व्यवसायीक समूहबाहेक देशव्यापीरुपमा सुपरस्टोर विस्तार गर्दै हजारौँलाई रोजगारी दिइरहेको भाटभटेनी समेत आन्दोलनकारीको निशानामा पर्यो । देशभर सञ्चालनमा रहेका कयौँ आउटलेटमध्ये कम्तीमा ११ वटा आउटलेटमा क्षति पुगेको र ८/९ वटा आउटलेट जलेर पूर्णरुपमा नष्ट भएको तथ्यांक बाहिरिएको छ ।

उनीहरूले देशका एक मात्रै अर्बपति विनोद चौधरीसहित, आईएमई समूह र भाटभटेनीमाथि निशाना साँधे । विनोद चौधरी घरमा लुटपाट गरे भने चौधरी समूह अन्तर्गतका सबैजसो व्यवसायीक संस्थामाथि आक्रमण गरे । सीजी मोटर्सदेखि अन्य व्यवसायीक संस्थामा आक्रमणकारीले तोडफोड तथा आगजनी गराए ।

यसबाहेक, देशभरका भाटभटेनी स्टोरमा लुटपाट तथा तोडफोड भएको छ । जसले सम्भवन कहिल्यै उठ्न नसक्नेगरी भाटभटेनी ढलेको छ । देशभर जलेका कम्तिमा ७/८ वटा सुपरस्टोर आउटलेट र डेढ दजर्नभन्दा बढी स्थानमा भएको लुटपाट र चोरी ‘कभर’ गर्न कम्तिमा आधा खर्च चाहिने अनुमान सुरु भएको छ ।

अर्थात् भाटभटेनीलाई कम्तीमा ५० अर्ब रुपैयाँ क्षति पुगेको आँकलन छ । जुन रकम विभिन्न बैंक तथा वित्तीय संस्थाबाटै लिएको ऋणको हिस्सा हो । यसबाहेक, यो संस्थाले वर्षेनी व्यवसाय सञ्चालन गरेबापत राज्यकोषमा अर्बौं रकम राजश्वबापत बुझाउँदै आइरहेको थियो । जुन, राष्ट्रिय अर्थतन्त्रका लागि अतुलनीय थियो । तर, आन्दोलनका नाममा निजी क्षेत्रमाथि आक्रमण हुँदा देशमा खडा भएको ठुलो व्यवसायीक साम्राज्य नै ढलेको छ ।

यी तीनबाहेक आन्दोलनका नाममा वैदेशिक लगानीको मल्टिनेशनल चेन होटेल ‘हिलटन’ पूर्णरुपमा क्षति भएको छ भने निजी क्षेत्रद्वारा सञ्चालित एनसेलमा समेत क्षति पुगेको छ । यी संस्थाको मुख्यालयमा आगजनी गर्दा क्षति पुगेको हो । यसबाहेक, टाटा मोटर्स, हुन्डाई मोटर्स, सुजुकीको स्वरुम, कान्तिपुर जस्ता संस्थामा समेत क्षति पुगेको छ ।

यी त देशका देखिने व्यवसायीक संस्था हुन् । जसमा क्षती पुगेको प्रत्यक्षरुपमा देखिन्छ । तर, नदेखिने गरी देशभरका विभिन्न व्यवसायीक संस्था र निजी लगानीका घर तथा भवनमा ठूलो क्षती भएको छ । राष्ट्रिय सम्पत्ती (सिंहदरबार, सर्वोच्च, संसद भवन) बाहेक मात्रै पनि निजी क्षेत्रको १/२ खर्ब रुपैयाँभन्दामाथिको क्षती पुगेको सहजै आँकलन गर्न सकिन्छ ।

काठमाडौंबाहेक, औद्योगिक नगरी विराटनगरमा समेत व्यवसायीक घरानामाथि आक्रमण भएको छ । त्याहाँ सञ्चालित उद्योगहरुमाथि आन्दोलनका क्रममा आगजनी तथा ढुंगामुढा भएको छ । स्थलगत अनुगमनपछि योभन्दा धेरै क्षती भएको निष्कर्ष पनि आउन सक्छ । तर, यसरी प्रत्येक आन्दोलनमा आन्दोलनकारीले यी र यस्ता निजी क्षेत्रलाई निशानामा बनाउने गरेका छन् । आक्रमणबाट पुगेको क्षती र आगजनीको क्षतीको पूर्ति बीमा कम्पनीले गर्ने भएपनि राष्ट्र भित्रको निजी सम्पत्तीमा ठूलो क्षती पुगेको छ ।

जसले भावि दिनमा व्यवसायीक वातावरण थप बिग्रने र व्यवसायीक समूह पलायन हुने जोखिम बढ्छ । किनकी, यो आक्रमण पहिलो होइन । विगतमा समेत आन्दोलनका नाममा समय–समयमा निजी क्षेत्रमाथि आक्रमण हुँदै आइरहेको थियो । यसबाहेक, सरकारले समेत व्यवसायीक समूह र व्यवसायीलाई वैरीकारुपमा हेर्छ । यता अदालतले समेत समय–समयमा कानूनी बाधा गराउँदै आइरहेको छ ।

उद्यमी प्रबलजंग पाण्डे देशको वर्तमान परिस्थितिबाट अर्थतन्त्र जोगाउनुपर्ने तर्क राख्छन् । जेनजी आन्दोलनबाट उत्पन्न पछिल्लो परिस्थितका कारण सबै क्षेत्र समस्यामा परेको भन्दै उनले जनजीवन सहज बनाउँदै अर्थतन्त्र जोगाउनुपर्ने उल्लेख गरेका हुन् । यसबाहेक सरकार र प्रशासन नभएको समयमा सर्वसाधारणलाई कालोबजारीबाट समेत जोगाउनुपर्ने तर्क पाण्डेकाे छ ।

यसबाहेक, गोगंबुमा भएको लोत्से महलमा समेत कयौं पटक लुटपाट तथा तोडफोड भइसकेको छ । जेनजीका नाममा भएको आन्दोलनमा समेत यो मलमा पुनः तोडफोड भएको छ ।

यसबाहेक, व्यवसायीक छाता संगठनहरु नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ, ऊर्जा उत्पादकहरूको संस्था, नेपाल निर्माण व्यवसायी महासंघ र नेपाल होटेल संघले समेत वर्तमान परिस्थितिबाट अर्थतन्त्र जोगाउनुपर्नेमा जोड दिएका छन् । उनीहरूले व्यवसायीक संस्थामाथिको आक्रमणको विरोध गर्दै अर्थतन्त्र चलायमान बनाउन र जोगाउनुपर्नेमा जोड दिएका हुन् ।

यसको दिर्घकालिन प्रभावलाई थाती राखेर वर्तमान प्रभाव मात्रै केलाउँदा पनि अर्बौं रुपैयाँको नोक्सानी देख्न सकिन्छ । किनकी, अर्थतन्त्रको मेरुदण्डकारुपमा रहेको बैंक तथा वित्तीय संस्थामा देशव्यापी आक्रमण, तोडफोड र आगजनी भएको छ । देशभरका ६० भन्दा बढी बैंक तथा वित्तीय संस्थाका शाखामा तोडफोड र लुटपाट भएको नेपाल बैकर्स संघ बताउँछ । यसबाहेक, बीमा क्षेत्रमा दाबीको तनाब सुरु भएको छ ।

किनकी, भूकम्पको समयमा आएको दाबीभन्दा पनि धेरै दाबी एकदिनको उदण्डताका कारण आउने आँकलन बीमा क्षेत्रले गरेको छ । भूकम्पको समयमा कूल १७ अर्ब रुपैयाँको दाबी परेको थियो । बीमा कम्पनीहरुका अनुसार यसको १० गुणासम्म दाबी पर्ने आँकलन गरिएको छ ।

राजावादी कै निशानामा थियो भाटभटेनी

यसअघि पनि पटक–पटक निजी क्षेत्र विभिन्न समूहद्वारा सञ्चालित आन्दोलनको निशानामा पर्ने गरेको थियो । यसअघि मेडिकल व्यवसायी दुर्गा प्रसाईँको नेतृत्वमा तीनकुनेमा भएको आन्दोलनमा समेत कोटेश्वको भाटभटेनी लुटपाट तथा तोडफोड गरिएको थियो । यसबाहेक, सोही समयमा जडीबुटी प्रशोधन केन्द्रमा आक्रमण गरिएको थियो भने तीनकुनेका निजी भवन तथा व्यवसायीक भवनमा आक्रमण गरिएको थियो । यसबाहेक, गोगंबुमा भएको लोत्से महलमा समेत कयौं पटक लुटपाट तथा तोडफोड भइसकेको छ । जेनजीका नाममा भएको आन्दोलनमा समेत यो मलमा पुनः तोडफोड भएको छ ।