काठमाडौं – जेनजी नेपालले जारी गरेको विज्ञप्तिमा भ्रष्टाचार र बेथितीको अन्त्य गर्दै सुशासन कायम गर्ने आफ्नो आन्दोलन अभूतपूर्व सफलताका नजिक पुगेको दाबी गरेको छ। संगठनका अनुसार जेनजी समर्थित अन्तरिम मन्त्रिपरिषद् गठनसँगै यो निष्कर्षमा पुग्नेछ।
अन्तरिम मन्त्रिपरिषद्को नेतृत्वका लागि प्रारम्भिक चरणमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहलाई सबैभन्दा योग्य र लोकप्रिय व्यक्तिका रूपमा प्रस्तुत गरिए पनि शाहले यस प्रक्रियामा कुनै रुचि नदेखाएको विज्ञप्तिमा उल्लेख छ।
यसअघि भर्चुअल छलफलमा पूर्वप्रधानन्यायाधीस सुशीला कार्कीको नाममा धेरै सदस्यले समर्थन जनाए पनि संविधानअनुसार पूर्वप्रधानन्यायाधीस वा न्यायाधीसहरू यस्तो पदमा योग्य नहुने तथा उनको उमेर ७० वर्ष नाघेको कारण देखाउँदै उनको नाम अस्वीकृत गरिएको जेनजीले स्पष्ट गरेको छ।
त्यसैगरी धरानका मेयर हर्क साम्पाङलाई नेतृत्वमा पठाउने सम्भावना पनि न्यून रहेको भन्दै अन्ततः नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई अन्तरिम सरकारको नेतृत्वमा पठाउने निर्णय भएको विज्ञप्तिमा जनाइएको छ।
जेनजी नेपालका अनुसार घिसिङले नेपाललाई लोडसेडिङबाट मुक्त गराएका, देशभक्त तथा सबैले रुचाएको व्यक्तित्व भएको कारण अन्तरिम सरकारको नेतृत्वका लागि योग्य देखिएको हो।






About Us
प्रतिक्रिया