राष्ट्र बैंकले भन्यो, सेनाको निर्देशन पालना गर्दै अत्यावश्यक बैंकिङ्ग तथा डिजिटल भुक्तानीसम्बन्धी सेवा सुचारू गर्नु


काठमाडौं – नेपाल राष्ट्र बैंकले नेपाली सेनाको निर्देशनअनुसार आवतजावत हुनेगरी सीमित कर्मचारीबाट आफ्ना सम्वेदनशील प्रणाली सञ्चालन गरी अत्यावश्यक बैंकिङ्ग तथा डिजिटल भुक्तानीसम्बन्धी सेवा सुचारू गर्न बैंक तथा वित्तीय संस्थालाई आग्रह गरेको छ । केन्द्रीय बैंकले एक सूचना जारी गर्दै यस्तो बताएको हो ।

अन्य प्रणालीको हकमा जोखिमको आधारमा रिमोर्ट पहुँचमार्फत सञ्चालन गर्ने व्यवस्था मिलाउनुका साथै सञ्चालनमा आएका शाखा, एटीएम र उपलब्ध सेवासम्बन्धी सूचना आफ्नो वेवसाइट तथा सामाजिक सञ्जालमार्फत सर्वसाधारणलाई जानकारी गराउन भनेको छ ।