राष्ट्र उत्थान र आशा लघुवित्तको मर्जरलाई राष्ट्र बैंकको अन्तिम स्वीकृति

राष्ट्र उत्थान र आशा लघुवित्तको मर्जरलाई राष्ट्र बैंकको अन्तिम स्वीकृति


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था र आशा लघुवित्तको मर्जरको लागि अन्तिम स्वीकृति दिएको छ। राष्ट्र बैंकले असार २२ गते यी दुई लघुवित्तलाई मर्जरको लागि अन्तिम स्वीकृति दिएको हो ।

नेपाल धितोपत्र बोर्डले आशा लघुवित्त वित्तीय संस्थालाई राष्ट्र उत्थान वित्तीय संस्था प्राप्ती गर्नका लागि चैत ३० गते धितोपत्र बोर्डले पूर्व स्वीकृति प्रदान गरेको थियो । दुबैले गत चैत २९ गते प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

दुबै संस्था विच बराबरी शेयर अनुपातमा गाभ्न सहमति भएको थियो । दुई संस्था गाभिएपछि बन्ने संस्थाको नाम राष्ट्र आशा लघुवित्त र प्रमुख कार्यकारी अधिकृत राष्ट्र उत्थान लघुवित्तबाट रहने छन् । मर्जरपछि संस्थाको केन्द्रिय कार्यालय राष्ट्र उत्थानको हालको कार्यालयमा नै हुनेछ ।