काठमाडौं – काठमाडौं उपत्यका र देशका अन्य जिल्लाहरूका सुरक्षित स्थानमा रहेका वाणिज्य बैंकका शाखा सञ्चालनमा ल्याउने गरि बैंकरहरूबीच सहमति भएको छ । जेन–जी आन्दोलनपछि सेनाद्वारा जारी निषेधाज्ञा र कर्फ्युपछि बन्द रहेका बैंकका शाखाहरू निश्चित संख्यामा चलाउन नेपाल बैंकर्स संघले निर्णय गरेको हो ।
काठमाडौं उपत्यकाभित्र काठमाडौं जिल्लामा तीन वटा, ललितपुर र भक्तपुरमा दुई–दुई वटाका दरले बैंकका शाखा खुलाउने सहमति गरिएको संघले जनाएको छ । सीमित कर्मचारी राखेर बिहान १० बजेदेखि दिउँसो २ बजेसम्मका लागि शाखा सञ्चालनमा ल्याउने उल्लेख छ ।
त्यसबाहेक अन्य जिल्लाहरूमा भने जिल्ला प्रशासन कार्यालयको समन्वयमा सुरक्षित स्थानमा रहेका बैंकका शाखा सञ्चालनमा ल्याउने सहमति भएको छ ।



About Us
प्रतिक्रिया