पूर्व प्रधान न्यायाधीश कार्कीलाई सरकार प्रमुख बनाउन जेनजीहरूबीच सहमति


काठमाडौं – जेनजीहरूमाझ अन्तरिम सरकार प्रमुखमा पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीको नाममा सहमति जुटेको छ। नेपाली सेनाको सहजीकरणमा हुन लागेको वार्तामा अभिभावकत्व लिइदिनका लागि पूर्वप्रधानन्यायाधीश कार्कील‍ाई जेनजी प्रतिनिधिहरूले आग्रह गर्ने भएका हुन्।

करिब ५ घन्टाभन्दा लामो भर्चुअल बैठकपछि जेनजीहरू सुशीला कार्कीको साझा नाम लिएर राष्ट्रपति रामचन्द्र पौडेलसँग वार्तामा जाने भएका हुन्।