यूनाइटेड अजोड इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा


काठमाडौं – यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीले संस्थापक शेयरधनी सृजना जोशीको नाममा कायम रहेको १९ हजार ८८२ कित्ता शेयर बिक्रीमा राखेको हो ।

कम्पनीको सो शेयरको प्रतिकित्ता न्यूनतम मूल्य २१५ तोकिएको छ भने सो शेयरमा संस्थापकसहि अन्य व्यक्ति तथा संस्थाले आवेदन दिन सक्नेछन् । संस्थापक शेयर खरिद गर्न चाहाने व्यक्ति तथा संस्थाले आजको १५ दिनभित्र प्रचलित कानून तथा नेपाल बीमा प्राधिकरणबाट जारी निर्देशिका बमोजिम संस्थापक समूहको शेयर खरिद गर्न अयोग्य नभएको स्वःघोषण तथा अन्य आवश्यक कागजात संलग्न गरी यस कम्पनीको प्रधान कार्यालयमा आवेदन दिनुपर्नेछ ।