डिल्लीबजार कारागारमा कैदीले लगाए आगो 


काठमाडौं – डिल्लीबजार कारागारमा रहेका कैदीहरूले कारागारमा आगो लगाइदिएका छन् । अन्तका कारागारमा रहेका कैदीहरू सबै भागेपछि हामीपनि भाग्न पाउनुपर्छ भन्दै कैदीहरूले आगो लगाएका हुन् । 

कैदीले कारागारमा आगो लगाएपछि उनीहरूलाई अन्यत्र स्थानान्तरण गर्ने काम भइरहेको छ ।