जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या २१ पुग्यो


काठमाडौं – जेनजी प्रदर्शनमा घाइते भएका निजामती कर्मचारी सिभिल अस्पतालमा उपचाररत दुईजनाको मृत्यु भएको छ। अस्पतालका अनुसार थप दुईजनाको मृत्यु भएको हो।

योसँगै जेनजी आन्दोलनमा सोमबारदेखि मृत्यु हुनेको सङ्ख्या २१ पुगेको छ। सिभिल हस्पिटलमा मात्रै हालसम्म तीनजनाको मृत्यु भइसकेको छ।