१९ जना युवा हत्याको कलंक बोकेर प्रधानमन्त्री ओलीले दिए राजीनामा


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् । भदौ २३ अर्थात सोमबार (सेप्टेम्बर ८) को शान्तीपूर्ण आन्दोलन दमन गर्दै १९ जनाको हत्या गर्दै प्रधानमन्त्रीको पदबाट राजीनामा दिएका हुन् ।

देशभरबाट स्वस्फूर्तरुपबाट आन्दोलनमा उत्रिएका प्रहरी प्रशासन लगाउँदै ओलीले १९ जनाको हत्या गराएका थिए । यसअघि गृहमन्त्री रमेश लेखकले पदबाट राजिनामा दिइसकेका छन् ।

यसबाहेक, ओली सरकारका ४ जना मन्त्रीले राजिनामा दिइसकेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदले सामूहिक राजिनामा दिएका छन् । आन्दोलनमा उत्रिएका आफ्ना छोराछोरीको हत्या भएपछि देशव्यापीरुपमा सरकारविरुद्ध र प्रमुख राजनीतिक दलविरुद्ध आन्दोलन भइरहेको छ ।

हालसम्म प्रदर्शनकारीले सिंहदरबार, संसद भवनसहित प्रमुख प्रशासनिक केन्द्रमा आक्रमण गरिसकेका छन् । यसबाहेक, प्रमुख राजनीतिक दलका केन्द्रीय कार्यालय, प्रधानमन्त्रीसहित राष्ट्रपति र मन्त्री लगायतको घरमा आगजनी गरिसकेका छन् ।