‘जेनजी’ प्रदर्शनले काठमाडौं उपत्यकाको सवारी आवागमन अस्तव्यस्त बनिरहँदा हवाई उडान सामान्य


काठमाडौं – ‘जेनजी’ प्रदर्शनले काठमाडौं उपत्यकाको सवारी आवागमन अस्तव्यस्त बनिरहँदा मुलुकको हवाई उडान भने नियमित सञ्चालन भइरहेको छ ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका अनुसार आन्तरिक र अन्तरराष्ट्रिय दुवै उडान सामान्य रहेको छ । विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाले हवाई उडानमा कुनै समस्या नरहेको बताए ।

‘जेनजी’को प्रदर्शनले काठमाडौं ठाउँठाउँमा सडक अवरोध हुँदा आवागमनमा समस्या भएको छ । विशेषगरी कोटेश्वर, नयाँबानेश्वर, माइतीघर, थापाथली, रत्नपार्क, नयाँ सडक, रामशाहपथ, पुतलीसडकलगायत क्षेत्रको सडकमा सवारी आवागमनमा अवरोध भएको छ ।