देशभर हिसांत्मक बनेको जेनजीको आन्दोलन दाङमा शान्तिपूर्ण


काठमाडौं – दाङको तुलसीपुर, घोराही र लमहीमा भएको जेनजीको आन्दोलन शान्तिपूर्ण बनेको छ । देशभर हिसांत्मक बनेको जेनजीको आन्दोलन दाङमा भने शान्तिपूर्ण देखिएको हो ।

यता झापाको विर्तामोड नगरपालिका अगाडि तनावको स्थिति सिर्जना भइरहेको छ । इटहरीमा पनि गोली लागेर २ जना जेनजी प्रदर्शनकारीको मृत्यु भएको छ।

इटहरी उपमहानगरपालिका कार्यालय अगाडि दिउँसोदेखि भइरहेको प्रदर्शन नियन्त्रणमा नआएपछि प्रशासनले साढे ३ बजेदेखि कर्फ्यु आदेश जारी गरेको थियो ।

काठमाडौंको आन्दोलन देशकै सबैभन्दा ठूलो र बढी हिसांत्मक बनेको छ । यसमा १७ जनाले ज्यान गुमाइसकेका छन् भने २ सयमाथि घाइते छन् ।