ओझालाई बर्खास्त गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश


काठमाडौं – सर्वोच्च अदालतले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा पुनः शरद ओझालाई नै अध्यक्षमा काम गर्न दिन अल्पकालिन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश शारंगा सुवेदीको एकल इजलासले सोमबार अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो।

भदौ २२ गते ओझाले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, अध्यक्ष ओझामाथि गठित छानविन समिति र नयाँ अध्यक्ष नियुक्तीका लागि गठित समितिका विरुद्धमा सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए ।

सरकारले ओझालाई पदबाट बर्खास्त गरेपछि आइतबार ओझा रिट लिएर सर्वोच्च अदालत पुगेका थिए । इजलासले बर्खास्तीको निर्णय तत्काल कार्यान्वयन नगर्न र नयाँ अध्यक्ष नियुक्ति प्रक्रियासमेत अघि नबढाउन आदेश दिएको हो।

नयाँ अध्यक्ष नियुक्तिका लागि प्राधिकरणमा १४ जनाको आवेदन परेको छ।