काठमाडौं – देशव्यापीरुपमा स्वस्फूर्तरुपमा सुरु भएको नयाँ पुस्ताको आन्दोलन (जेनजी आन्दोलन) नियन्त्रण गर्न सरकारले देशभर कर्फ्यू लगाएको छ । राजधानी काठमाडौंसहित देशका आधा दर्जन शहरमा सरकारले जेनजी आन्दोलन रोक्ने लक्ष्यसहित कर्फ्यू लगाएको हो ।
शान्तीपूर्ण भनेर सुरु भएको आन्दोलन नियन्त्रण बाहिर गएपछि प्रहरीको दमन सुरु भएको थियो । यससँगै, देशभरको आन्दोलनमा परेर १७ जनाभन्दा बढीको मृत्यू भइसकेको छ भने २०० भन्दा बढी घाइते छन् । जसमध्ये दुई दर्जनभन्दा बढी घाइतेको अवस्था गम्भिर रहेको अस्तालहरुले जनाएका छन्।
यही आन्दोलन नियन्त्रणबाहिर गएपछि सरकारले काठमाडौंसहित पोखरा, भरपुर, विराटनगर, झापा लगायतका ठाउँमा कर्फ्यू लगाएको हो।





About Us
प्रतिक्रिया