काठमाडौं – आज साताको दास्रो कारोबार दिन शेयर बजार दोहारो अंकले घटेर बन्द भएको छ । आज शेयर बजार मापक परिसूचक (नेप्से) ३३ दशमलव १५ अंकले घटेर २६ सय ७५ दशमलव ९ को बिन्दुमा कायम भएको छ । आज २३ कम्पनीको शेयर मूल्य बढेको छ भने २२८ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज दिनभरिमा ३२० कम्पनीको १ करोड १७ लाख कित्ता माथिको शेयर किनबेच हुँदा ५ अर्ब २३ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल रिइन्स्योरेन्स कम्पनी शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३० करोड ६८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै हिम स्टार ऊर्जा कम्पनीका लगानीकर्ताले कमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका हुन् ।
आज सबैभन्दा धेरै बाराहि हाइड्रोपावर पब्लिक कम्पनी लगानीकर्ताले गुमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले ५.२८ प्रतिशतका दरले गुमाएका छन् । आज शेयर बजार घटेसँगै १३ वटै सूचक राताम्मै देखिएको छ ।






About Us
प्रतिक्रिया