राजनीतिक दल र नेताको जीवनशैलीको स्रोत खोज्दै सडकमा आएका ‘जेनजी’


काठमाडौं – डेढ दुई सातादेखि टिकटक र इन्ष्टाग्राममा ‘नेपो बेबी एक्सपोज’को ट्रेण्ड चल्यो । जसमा सत्ताधारी र प्रतिपक्षीमा रहे पनि देशको नेतृत्व गरिसकेका राजनीतिक नेताका छोराछोरीले बिताइरहेको जीवनशैली बाहिर ल्याउने लहर चल्यो । जसमा एकातर्फ गरिबीमा बाँचिहरेका नेपाली नागरिक, उनीहरूले पाइरहेको दुःख र कष्ट, खाली खुट्टा विद्यालय गइरहेका बालबालिका र विदेश जाँदै गरेका युवाको भिडियो तथा फोटो राखियो ।

यस्तै, अर्कोतर्फ प्रधानमन्त्री केपी ओली, शेरबहादुर देउवा, पुष्पकमल दाहालले जिइरहेको आलिसान जीवनसँगै उनीहरूका नातेदार, आफ्ना–आफन्त र छोराछोरीले गरेको मोज मस्ती राख्न थालियो । यससँगै, युवापुस्तामा एक खालको असन्तुष्टि, तनाव र नेतृत्वप्रति घृणा पैदा गर्दै लग्यो । फलस्वरुपः सञ्जालभरी आज अर्थात् ‘सेप्टेम्बर ८’ का लागि प्रतिनिधिसभा घेर्ने मिति तय भयो । जसअनुसार आज हजारौँ (जेनजी) सडकमा उत्रिएका छन् ।

‘जेनजी’ पुस्ता प्रदर्शन

सुरुमा शान्तिपूर्ण हुने भनिए पनि आन्दोलनले उग्र रूप लियो र ५ जनाको मृत्यु पुष्टि भइसकेको छ भने कयौँ घाइते भइसकेका छन्। युवाहरू सत्ताधारी राजनीतिक दल, तीनका नेता र उनीहरूका छोराछोरीले बाँचिरहेको जीवनशैलीका लागि ल्याइएको रकमको स्रोत खोज्दै सडकमा उत्रिएका हुन् । तर, राजनीतिक दल र तीनका नेतामाथिको प्रश्नसहित सडकमा उत्रिएका उनीहरूको आन्दोलनलाई सरकारले दमन गरेको छ ।

‘जेनजी’ पुस्ता सडकमा

सुरुमा इण्डोनेशियाबाट सुरु भएको राजनीतिक दलका नेताका छोराछोरीको जीवनशैली एक्सपोज गर्ने ट्रेण्ड नेपालसम्म आइपुग्यो । यसअघि फिलिपिन्समा समेत यस्तै ट्रेण्ड चलेको थियो । सुरुमा शान्तिपूर्ण भनिएको इण्डोनेशियाको आन्दोलनले यतिबेला तीव्र दमन, विरोध र आक्रमणको रूप लिइसकेको छ । नेपाल सरकारले आज गरेको जेनजी आन्दोलनमाथिको दमन, एक जनाको मृत्युसँगै कयौँ घाइते भएपछि नेपालमा समेत आन्दोलन भड्किन सक्ने जोखिम बढेको छ ।

किनकि, सरकारमा वर्षौँदेखि राज गर्दै आइरहेका नेताको आम्दानीको स्रोतमाथि प्रश्न गरिरहेका उनीहरूमाथि सरकारले दमन गर्दै प्रशासनले कर्फयु नै लगाइसकेको छ । यसपछि, आन्दोलनकारीले संसद् भवनमा दुई पटक आगलागी गरेका छन् भने संसद् भवनको पर्खाल नै भत्काइसकेका छन् । यसबाहेक, झापा, पोखरा, विराटनगर, जनकपुर लगायतका ठाउँमा झडप भइसकेको छ ।

श्रीलंका र बंगलादेशमा गरेका थिए सत्ता परिवर्तन

राजनीतिक दल, प्रशासन र सरोकारवालाहरुले सुरुमा युवापुस्ताको सामाजिक सञ्जालबाट भएको आन्दोलनको आह्वात पत्याएको थिएन । तर, यतिबेलासम्म कम्तिमा ५ जनाको मृत्यू भइसकेको तथ्यांक नेपाल प्रहरीले दिएको छ । यसैगरी सुरु भएको आन्दोलनले यसअघि छिमेकी देशहरु श्रीलंका र बंगलादेशमा सत्ता परिवतर्न गराएको थियो । श्रीलंका र बंगलादेशका तत्कालिन सत्ताधारी राजनीतिक दल र तीनका नेता देश नै छाडेर भाग्न बाध्य भएका थिए ।

नेपालमा पनि आन्दोलनले उग्ररुप लिँदै गइरहेको स्थिती छ । जबकी, शान्तीपूर्ण भनिएको आन्दोलन आक्रमणमा बदलिएको थियो भने प्रहरीले अत्याधिक दमन गरेको पाइएको छ । प्रहरीको अन्धाधुन्द गोलीका कारण ५ जनाभन्दा धेरैको मृत्यू भएको हो ।

हत्यारा सरकार, हत्यारा प्रहरी

जेनजी सडकमा आउने सुइको पाएपछि प्रधानमन्त्री केपीशर्मा ओलीले सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै शान्तीपूर्ण आन्दोलनको आह्वान गरेका थिए । सामाजिक सञ्जालमा चलेको ट्रेण्ड पछ्याउन र त्यसअनुसार चल्न माहिर ओलीले जेनजीको नेपो बेबी ट्रेण्डमा समेत यही प्रकरण पछ्याए । तर, उननै नेतृत्वको सरकार एकाएक हत्यारा सरकारकारमा परिणत बनेको छ । किनकी, जेनजीलाई संयमित बन्न प्रोत्साहन गर्दै भविष्यका कर्णधार भन्न भ्याएका उनको नेतृत्वको प्रहरी प्रशासनले कम्तिमा ५ जना मारिसकेको छ ।

शान्तीपूर्ण आन्दोलनमा आएका युवा पुस्तालाई सम्झाएर घर फर्काउनुपर्नेमा प्रहरीको गोलीमार्फत हत्या गरिएको छ । तातो रगत भएका युवाहरु आवेगमा आउँदा पानीको फोहोरा हानेर सम्झाउनुपर्नेमा रबरको गोली चलाउने प्रहरीमा समेत संयमताको अभाव देखिएको छ । जसले सरकार नयाँ पुस्ताको हत्यामा संलग्न भएको पुष्टी गर्छ ।