काठमाडौं – आज प्रि ओपन सेसनमा नेप्से परिसूचक एकोहोरो अंकले घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात् (सोमबार) ११ दशमलव ५२ अंकले घटेर २७ सय ८ दशमलव २५ को बिन्दुमा बन्द भएको नेप्से, यसदिन सो सेसनमा १.२२ अंक घटेर २७ सय ७ दशमलव २ को बिन्दुमा कायम भएको छ।
आजको प्रि ओपन सेसन भरिमा ३८ कम्पनीले कारोबार गर्दा ११ कम्पनीको शेयर मूल्य बढेको छ भने २६ कम्पनीको शेयर मूल्य घटेको छ।
यस सेसनमा ३ करोड ७२ लाख ५७ हजार ४९४ रुपैयाँको शेयर कारोबार भएको छ। यससँगै ६६ हजार ९०७ कित्ता शेयर किनबेच भएको छ।






About Us
प्रतिक्रिया