काठमाडौं – कामना सेवा विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को संचित मुनाफाबाट आफ्ना शेयरधनीलाई चुक्तापुँजीको १५.७८९५ प्रतिशत लाभांश घोषणा गरेको छ ।
१० प्रतिशत वोनस शेयर र ५.७८९५ प्रतिशत नगद लाभांश (कर समेत) गरी १५.७८९५ प्रतिशत लाभाशं घोषणा गरेको हो। सो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृती तथा आगामी १९ औं वार्षिक साधारणसभाबाट पारित भएपश्चात् शेयरधनीले लाभाशं प्राप्त गर्नेछन् ।
यो सँगै लाभांश घोषणा गर्ने पहिलो विकास बैंक समेत भएको छ । गतवर्ष बैंकले १२ प्रतिशत लाभांश वितरण गरेको छ । बैंकको आईतबार दिनको ४ बजे बैंकको केन्द्रीय कार्यालयमा बसेको सञ्चालक समितिको बैठकबाट सो प्रस्ताव पारित भएको बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले बताएका छन् ।






About Us
प्रतिक्रिया