काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२ र धितोपत्र सूचीकरण सम्झौतामा उल्लिखित शर्तअनुसार सूचीकृत कम्पनी तथा सामूहिक लगानी कोषका योज व्यवस्थापकहरुलाई तोकिएका विवरण र जानकारी समयमै अनिवार्य रूपमा उपलब्ध गराउन निर्देशन दिएको छ । नेप्सेले जारी गरेको सूचनाअनुसार कम्पनी तथा कोष व्यवस्थापकहरुले नट्स लगइन मार्फत मात्र विवरण बुझाउनुपर्नेछ, कागजी प्रतिलिपि स्वीकार नगरिने स्पष्ट गरिएको छ।
बुझाउनुपर्ने प्रमुख विवरण र समयसीमा
लेखापरीक्षण भएको वित्तीय विवरण तथा लेखापरीक्षकको प्रतिवेदनः आ.व.समाप्त भएको ५ महिनाभित्र । त्रैमासिक प्रतिवेदन (प्रति शेयर आम्दानी, मूल्य–आय अनुपात, नेटवर्थ आदि सहित): त्रैमास समाप्त भएको ३० दिनभित्र ।
बुक क्लोज (दाखिल खारेज बन्द) सूचनाः कम्तिमा ७ दिनअघि ।
धितोपत्र मूल्यमा प्रभाव पार्ने सूचना वा निर्णयः सोही दिन वा भोलिपल्ट कारोबार खुल्नुअघि (१०ः३० बजे अगावै)
लाभांश, बोनस वा हकप्रद शेयर सम्बन्धी निर्णयः सञ्चालक समिति बैठक बसेलगत्तै समयसहित बुझाउनुपर्ने । १० करोड रूपैयाँ वा सोभन्दा बढीको सम्पत्ति खरिदरविक्री वा दायित्व हुने निर्णयरमुद्दाः तुरुन्त जानकारी दिनुपर्ने ।
सामूहिक लगानी कोषः योजनाको खुद सम्पत्ति मूल्य र लगानी अवस्थाको मासिक विवरण, प्रत्येक महिना समाप्त भएको १५ दिनभित्र बुझाउनुपर्ने ।
कम्पनी गाभ्ने, विलय गर्ने वा स्वामित्व विक्रीरखरिद गर्ने निर्णयः निर्णय भएको दिन वा भोलिपल्ट कारोबार शुरु हुनु अघि बुझाउनुपर्ने ।
वार्षिक शुल्कः आर्थिक वर्ष समाप्त भएको तीन महिनाभित्र बुझाउनुपर्ने (विनियमावली अनुसूची–३ अनुसार) प्राकृतिक विपद्, आकस्मिक घटना, तालाबन्दी आदिका कारण कामकाज रोकिएमा तत्काल जानकारी दिनुपर्ने । रजिष्ट्रर्ड कार्यालय ठेगाना परिवर्तन भएमा, ५५ वा बढी शेयर खरिद भएमा, नगदको सट्टा शेयर वितरण भएमाः तुरुन्त जानकारी दिनुपर्ने ।
साधारण सभामा पेश भएका प्रस्ताव र निर्णयः सभा सम्पन्न भएको एक महिनाभित्र बुझाउनुपर्ने। यससँगै, नेप्सेले सूचीकृत संस्थाले यस्ता सूचना आफ्नै वेभसाइट र सरोकारवालाको पत्रिकामा पनि प्रकाशन गर्नुपर्ने उल्लेख गरेको छ।






About Us
प्रतिक्रिया