एनएमबि बैंकको करिब ६ लाख कित्ता शेयर बिक्रीमा


काठमाडौं – एनएमबि बैंकले शेयर बिक्रीमा राखेकाे छ । बैंकले संस्थापक समूहको ५ लाख ९८ हजार १४५ कित्ता शेयर बिक्रीमा राखेकाे हाे। यो शेयरमा अन्य व्यक्ति तथा संस्थाले खरिदका लागि निवेदन पेस गर्न सक्नेछन् ।

इच्छुक लगानीकर्ताले ७ दिनभित्र शेयर खरिदका लागि काठमाडौंको बबरमहलस्थित बैंकको केन्द्री कार्यालयमा निवेदन दिन सक्नेछन् । यसअघि बैंकका संस्थापक शेयरधनीहरुलाई ३५ दिने सूचना सार्वजनिक गरी शेयर बिक्रीका लागि राखिएको थियाे ।

संस्थापक शेयरधनीहरुबाट तोकिएको अवधिभित्र शेयर खरिदका लागि निवेदन नपरेपछि अहिले अन्य व्यक्ति तथा संस्था बिक्री खुला गरिएको हो।