काठमाडौं – अध्यागमन विभागले धर्म प्रचारमा संलग्न अमेरिकी नागरिक डेनियल एस.कौर्नीलाई नेपालबाट निष्कासन गरेको छ। विभागले कौर्नीलाई ५० हजार रुपैयाँ जरिवाना तिराई ११ वर्षसम्म नेपाल प्रवेशमा प्रतिबन्ध लगाइएको हो ।
पर्यटक भिसामा नेपाल आएका कौर्नी बालगृहमा गएर इसाई धर्म प्रचार गर्ने र सार्वजनिक स्थानहरूमा समेत खुलेआम धर्मको प्रचार गर्ने कार्यमा संलग्न रहेको विभागले जनाएको छ । गत भदौ ९ गते नियन्त्रणमा लिइएका कौर्नी र अन्य विदेशी नागरिकलाई अध्यागमन ऐनअनुसार कारबाही गरी आफ्नो मुलुक फर्काइएको विभागले जनाएको छ ।
विभागका अनुसार धर्म प्रचार र गैर कानुनी व्यापारमा संलग्न निष्कासितमध्ये ४ जना इन्डोनेसियाली, १ जना अमेरिकी र १ जना फ्रान्सेली नागरिक रहेका छन् । त्यस्तै, नेपालमा बसेर व्यापार गर्ने फ्रेन्च महिला माथिल्दे लिफिभ्रीलाई पनि विभागले निष्कासन गरेको छ। उनी गत २२ साउनमा पक्राउ परेकी थिइन्। उनलाई ५० हजार रुपैयाँ जरिवाना तिराई तीन वर्षसम्म नेपाल आउन नपाउने गरी निष्कासन गरिएको छ।
साथै, ५ भदौमा पक्राउ परेका चार इन्डोनियसनलाई पनि तीन वर्ष नेपाल आउन नपाउने गरी निष्कासन गरिएको छ।






About Us
प्रतिक्रिया