काठमाडौं – आज साताको पहिलो कारोबार दिन शेयर बजार दोहारो अंकले घटेर बन्द भएको छ । आज शेयर बजार मापक परिसूचक नेप्से ११ दशमलव ३२ अंकले घटेर २७ सय ८ दशमलव ४५ को बिन्दुमा कायम भएको छ । आज ७९ कम्पनीको शेयर मूल्य बढेको छ भने १७३ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज दिनभरिमा ३३४ कम्पनीको १ करोड ११ लाख कित्ता माथिको शेयर किनबेच हुँदा ४ अर्ब ४० करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै यूनियन हाइड्रोपावरको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २९ करोड ९९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै हिम स्टार ऊर्जा कम्पनीका लगानीकर्ताले कमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले ९.९७ प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै पञ्चकन्या माई हाइड्रोपावर कम्पनी लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ४.६२ प्रतिशतका दरले गुमाएका छन् ।
यसदिन १० उपसूचक राताम्य भएका छन् । आइतबार वाणिज्य बैंक समूहको ०.६९ प्रतिशत, विकास बैंक समूहको ०.१७ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.६५ प्रतिशतले शेयर मूल्य घटेको छ ।






About Us
प्रतिक्रिया