काठमाडौं – लुम्बिनी विकास बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई पाँच वर्ष पुरानो लाभांश लिन अनुरोध गरेको छ । बैंकले साविकका वीरगञ्ज फाइनान्स, एच एण्ड वि डेभलपमेन्ट र लुम्बिनी फाइनान्सको विभिन्न वार्षिक साधारण सभाबाट पारित भएको ५ वर्ष अवधि नाघेको नगद लाभांश नलिएका शेयरधनीहरुलाई लाभांश लिन अनुरोध गरेको हो ।
शेयरधनीलाई यो सुचना प्रकाशित भएको मितिले ३० दिनभित्र केन्द्रीय कार्यालय डिल्लीबजार काठमाडौंमा सम्पर्क गरेर नगद लाभांश बुझ्न बैंकले अनुरोध गरेको छ ।
यदि बैंकले तोकिएको समयभित्र नगद लाभांश लिन नगएमा उक्त रकम लगानीकर्ता संरक्षण कोषमा पठाइने बैंकले उल्लेख गरेको छ ।



About Us
प्रतिक्रिया