एभरेष्ट बैंकमा पहिलो नेपाली सीईओको बनेका खालिङ दोस्रो कार्यकालका लागी दोहोरिए


काठमाडौं – एभरेष्ट बैंकमा प्रमुख कार्यकारी अधिकृत रहेका सुदेश खालिङ दोस्रो कार्यकालका लागी दोहोरिएका छन् । बैंक सञ्चालक समितिले उनलाई ४ वर्षको लागी पुन नियुक्ति गरेको हो ।

एभरेष्ट बैंक बैंकको पहिलो नेपाली सीईओको रूपमा नियुक्त भएका खालिङसँग तीन दशक लामो बैंकिङ्ग अनुभव छ । पन्जाब नेशनल बैंक, भारतको संयुक्त लगानीमा सञ्चालित एभरेष्ट बैंकमा खालिङ सीईओ हुनुअघि भारतीय नागरिकहरू नै सीईओ बन्दै आएका थिए ।

खालिङ लक्ष्मी बैंकको प्रमुख कार्यकारी अधिकृतको रूपमा पनि काम गरिसकेका छन् भने । उनी बैंकको सञ्चालकको भूमिका पनि निर्वाह गरिसकेका छन् । उनले सिटिजन्स बैंकको सञ्चालकको भूमिकामा समेत रहेर अनुभव बटुलेका छन् ।