सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोलाको २ लाख १२ हजार


काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्यमा भारी वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य २५ सय रुपैयाँले बढेको हो ।

यससँगै आज सुनको मूल्य तोलामा २ लाख १२ हजार रुपैयाँ कायम भएको छ । यो हालसम्मकै उच्च मूल्य हो। गत शुक्रबार सुनको मूल्य तोलामा २ लाख १० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि २० रुपैयाँले बढेको छ । यससँगै आज चाँदी २ हजार ५ सय रुपैयाँ कायम भएको छ । चाँदीको यो मूल्य हालसम्मकै उच्च हो । गत शुक्रबार चाँदीको मूल्य प्रतितोला २ हजार ४९० रुपैयाँमा कारोबार भएको थियो ।