बीमा प्राधिकरणको अध्यक्ष बन्न १४ जनाको पर्यो आवेदन


काठमाडौं – नेपाल बीमा प्राधिकरणको अध्यक्षमा १४ जनाले आवेदन दिएका छन् । निवर्तमान अध्यक्ष शरद ओझा योग्यता नपुगको भन्दै अध्यक्ष पदबाट जागिर गएको थियो । यसपछि सो पदमा १४ जनाको आवेदन परेको हो ।

अर्थमन्त्रालयले शुक्रबार साँझसम्मको अवधिमा १४ जनाको आवेदन परेको जानकारी दिएको छ । अध्यक्ष नियुक्तीका लागि गठन भएको सिफारिस समितिमार्फत सरकारले भदौ १३ गते आवेदन माग गरेको थियो ।

मन्त्रालयका अनुसार अध्यक्ष पदमा घनश्याम बुढाथोकी, विक्रान्त पाण्डे, पारस काफ्ले, विष्णुबाबु मिश्र, बुद्धकाजी श्रेष्ठको आवेदन परेको छ । यसबाहेक, डा. दामोदर बसौला, चिन्तामणी शिवाकोटी, ज्ञानेन्द्र अधिकारी, देवकुमार ढकाल, प्राडा दिपक बहादुर भण्डारीको समेत आवेदन परेको छ ।

यसबाहेक, यज्ञ प्रसाद न्यौपाने, रमेशकुमार भट्टराई र महेश्वर न्यौपानेको समेत आवेदन परेको छ ।