काठमाडौं – यो साता सुनको मूल्यले दिनहुँ जस्तो बढ्दै कीर्तिमानी कायम गर्यो । बिहीबार स्थिर रहेको सुनको मूल्य अन्य ५ दिन भने बढ्यो । आइतबार एकै दिन ३ हजार रुपैयाँले बढ्दै प्रतितोला सुन २ लाख ३ हजार ६ सय रुपैयाँमा कारोबार भयो । आइतबार बढेको सुनको मूल्य सोमबार पनि १७ सय रुपैयाँ बढ्दै २ लाख ५ हजार ३ सय रुपैयाँ पुग्यो ।
मंगलबार पनि ६ सयले बढ्दै २ लाख ५ हजार ९ सयमा कारोबार भयो । यस्तै, बुधबार २ हजार रुपैयाँले बढ्दै दुई लाख सात हजार ९०० रुपैयाँ कायम भयो । अन्य चार दिन बढेको सुनको मूल्य बिहीबार भने स्थिर रह्यो ।
शुक्रबार पुनः २५ सय रुपैयाँले बढ्दै प्रतितोला सुन २ लाख १० हजार ४ सय रुपैयाँमा कारोबार भयो । समग्रमा यो साता सुनको मूल्यमा ९ हजार ८ सय रुपैयाँको वृद्धि भयो ।






About Us
प्रतिक्रिया