सुनको मूल्यमा नयाँ रेकर्ड, २५ सयले बढ्दै २ लाख १० हजार ४ सय पुग्यो


काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्यमा भारी वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य २५ सय रुपैयाँले बढेको हो।

यससँगै आज सुनको मूल्य तोलामा २ लाख १० हजार ४ सय रुपैयाँ कायम भएको छ। यो हालसम्मकै उच्च मूल्य हो। हिजो सुनको मूल्य तोलामा २ लाख ७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको मूल्य पनि १० रुपैयाँले बढेको छ। यससँगै आज चाँदी २ हजार ४९० रुपैयाँ कायम भएको छ। चाँदीको यो मूल्य हालसम्मकै उच्च हो । हिजो चाँदीको मूल्य प्रतितोला २ हजार ४८० रुपैयाँमा कारोबार भएको थियो।