माछापुच्छ्रेपछि एभरेष्ट बैंकले घोषणा गर्यो लाभांश, २० प्रतिशत दिँदै


काठमाडौं । एभरेष्ट बैंकले आफ्ना शेयरधनीलाई २० प्रतिशत लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई १४ प्रतिशत नगद लाभांश र ६ प्रतिशत बोनस शेयर घोषणा गरेको हो ।

बैंकको भदौ १९ गते बसेको ३८७औं सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो । सञ्चालक समितिको निर्णयअनुसार नेपाल राष्ट्र बैंकले स्वीकृत दिएपछि बैंकको साधारणबाट पारित गर्नुपर्छ । सोसँगै लगानीकर्ताले बैंकको २० प्रतिशत लाभांश पाउनेछन् ।

यसअघि, माछापुच्छ्रे बैंकले आफ्ना शेयरधनीका लागि लाभांश घोषणा गरेको थियो ।