काठमाडौं – एनएमबि बैंक र बुटवल स्थित बुटवल हस्पिटल प्रालि बीच एक सम्झौता भएको छ। सम्झौता अनुसार एनएमबि बैंकका कर्मचारी/परिवार एवं ग्राहकहरुले हस्पिटलले प्रदान गर्ने सेवाहरुमा विशेष छुट पाउनेछन्। हस्पिटलका सेवाहरु बेड चार्ज, ल्याव टेस्ट, अप्रेसन चार्ज, युएसजि/इसिजि/इको/एक्सरे, फिजियोथ्रापी र मेडिसिनमा एनएमबि बैंकका कर्मचारी/परिवार र ग्राहकले ५ प्रतिशत देखि १५ प्रतिशत सम्म छुट पाउनेछन्।
सम्झौताले बैंक कर्मचारी/परिवार तथा ग्राहकहरुलाइ उपचारको क्रममा राहत हुने बैंकले विस्वास लिएको छ। सम्झौतामा एनएमबि बैंक लुम्बिनी प्रदेश प्रमुख शम्भु प्रसाद पराजुली र बुटवल हस्पिटल प्रालिका अध्यक्ष चुन्नु प्रसाद पौडेलले संयुक्त रूपमा हस्ताक्षर गरेका छन् ।
कार्यक्रममा एनएमबि बैंक लुम्बिनी प्रदेश क्षेत्रीय प्रबन्धकहरु मेघराज तिम्सिना तथा प्रभात सिंह खाती, मिलनचोक शाखा प्रबन्धक नविन अर्याल , हस्पिटलका डाक्टर कृष्ण प्रसाद खनाल/कर्मचारी विक्रम खड्का लगायतको उपस्थिति थियो । सम्झौता एकबर्षको लागि हुनेछ। दुई पक्षको सहमतिले आवश्यकता अनुसार थप समय बढाउन सकिनेछ ।
सम्झौताले एनएमबि बैंकका सम्पूर्ण कर्मचारी एवं एनएमबि बैंकमा खाता खोल्नुभएका सम्पूर्ण ग्राहकहरू सुबिधा लिइ लाभान्वित हुने प्रदेश प्रमुख शम्भु प्रसाद पराजुलीले बताए । छुट पाउनको लागि एनएमबि बैंकको खाताबाट भुक्तान गर्नुपर्ने हुन्छ । भुक्तानीको लागि एनएमबि बैंकको एटीएम, क्रेडिट कार्ड, ईन्टरनेट बैकिङ्ग, मोबाइल बैकिङ्ग, कर्पोरेट पे, आइपिस, क्यु आर कोड प्रयोग गर्नुपर्नेछ ।



About Us
प्रतिक्रिया