५ वर्ष पुरानो नगद लाभांश बुझिलिन कुमारी बैंकको आग्रह


काठमाडौं – कुमारी बैंक लिमिटेडले ५ वर्ष पुरानो नगद लाभांश बुझिलिन शेयरधनीलाई आग्रह गरेको छ । बैंकले एक सूचना जारी गर्दै विभिन्न साधारण सभाबाट पारित भएको ५ वर्ष पुरानो नगद लाभांश बुझिलिन आग्रह गरेको हो ।

शेयरधनीहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बैंकको शेयर रजिस्ट्रार कुमारी क्यापिटल लिमिटेड नाग पोखरी नक्साल काठमाडौंमा आवश्यक कागजात तथा विवरणसहित सम्पर्क गर्नुपर्नेछ ।

बैंकले तोकेको अवधिभित्र शेयरधनीले सो लाभांश लिन नआएमा उक्त अवधिको बुझिलिन बाँकी रहेको नगद लाभांश लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने बैंकले जनाएको छ ।