नायब सुब्बाको जागिर छाडेर ‘इन्सपेक्टर’ बनेका खापुङ, कम्मरमा गोलीदेखि ३२औँ महानिरीक्षकसम्म


काठमाडौं – प्रहरीमा अधिकृत तहमा काम गर्ने मौका पाएपछि नायक सुब्बाको जागिर छाडेका महानिरीक्षक चन्द्र कुबेर खापुङ जनसेवामा तल्लीन प्रहरी अधिकृतमध्येका एक हुन्। सुरुवातमा प्रहरीको प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदमा नै आवेदन दिन आनाकानी गरेका खापुङ यतिबेला ३२ औं प्रहरी महानिरीक्षक बनेका छन् । केन्द्रिय अनुसन्धान ब्युरोका प्रमुखका रुपमा रहेका खापुङले आजदेखि नेपाल प्रहरीको सर्वोच्च पदको जिम्वेवारी समालेका छन् ।

२०२७ मंसिर २३ मा तेह्रथुमको मेन्छ्यायोम गाउँपालिका –६ मा जन्मिएका खापुङले गाउँमा नै विद्यालय तहको अध्ययन गरे । बाल्यकालमा चञ्चल स्वभावका खापुङ पढाइमा भने ध्यान दिन्थे । प्राविसम्म पढाइ हुने स्कुल उनको घर छेउमा नै थियो। जसले गर्दा उनले सुरुमा त्यही स्कुलबाट पढाइ सुरु गरेर त्रिभुवन उच्च माध्यमिक विद्यालयबाट विद्यालयस्तर एलएलसीसम्म (हाल कक्षा १०) अध्ययन गरेका थिए ।

सुरुवातमा प्रहरीको इन्स्पेक्टर पदमा नै आवेदन दिन आनाकानी गर्ने उनी यतिबेला ३२ औं प्रहरी महानिरीक्षक बनेका छन् । केन्द्रिय अनुसन्धान ब्युरोका प्रमुखका रुपमा रहेका खापुङ आजदेखि नेपाल प्रहरीको सर्वोच्च पदको जिम्वेवारी समालेका छन् ।

‘त्यो बेला स्कुले जीवन आनन्दको थियो,’ बाल्यकाल सम्झँदै उनी भन्छन्, ‘त्यो समय छलकपट र महत्त्वाकाङ्क्षा हुँदैनथ्यो ।’ स्कुल पढ्दा हाजिरी जवाफ, वादविवाद, विभिन्न किसिमका खेलकुदहरूमा पनि संलग्न हुने गर्थे । मिश्रित जातजाति भएको समाजमा हुर्केको हुनाले उनी सानैबाट नै जातजातिको विषयमा चासो राख्ने स्वभावका थिए । जसले खापुङलाई यो क्षेत्रमा गहिरो जानकारी दिएको छ ।

नायब सुब्बादेखि ३२औं महानिरिक्षकसम्म

प्रहरीमा प्रवेश गर्नुभन्दा पहिला खापुङले नायक सुब्बा (नासु)को परीक्षा पास गरेर जागिर खाइसकेका थिए । उनले आइए पास गरेपछि ४ वर्ष जति नायब सुब्बा बनेर काम गरे । शाखा अधिकृतका लागि पनि परीक्षा दिएका थिए । त्यही बेला प्रहरी निरीक्षकमा समेत जागिर खुलेको थियो । दुवैतर्फको तयारी सकेर प्रहरी निरीक्षकको परीक्षा दिएका उनले प्रहरीमा नाम निस्किएपछि नायब सुब्बाको जागिर छाडेका थिए।

कानुनमा स्नातक र जेन्डर स्टडिजमा स्नातकोत्तर गरेका उनी गाउँघरमा नै हुर्केकाले गर्दा भविष्यमा यस्तो बन्छु जस्तो कुनै लक्ष्य नभएको बताउँछन् । प्रहरीको लागि पावर चाहिने साेचले शुरुमा आनाकानी गरेका खापुङले इन्स्पेक्टर भर्नाका लागि आवेदन भने दिएका थिए।

उनले निजामतीतर्फ अधिकृत तहमा जागिर खानका लागि प्रहरी निरीक्षकको परीक्षा दिएका थिए । अधिकृत तहमा खुलेको प्रहरी निरीक्षकको जागिरमा फेल नै भएपछि केही जानिन्छ भने सोचले परीक्षा दिएको उनी बताउँछन् । उनी भन्छन्, ‘प्रहरी निरीक्षकको परीक्षामा पास भइन्छ जस्तो नै लागेको थिएन, पहिला यस्ता परीक्षाहरू लोकसेवा आयोगले  हेर्दैन थियो ।’

‘त्यो बेलामा बढी भनसुन लाग्छ भने चलन थियो । आफ्नो भनसुन लगाउने मान्छे केही नभए पछि परीक्षा नै के दिनु जस्तो लागेको थियो,’ उनले भने, ‘तर आफूले मिहिनेत गरेपछि हुने रहेछ, कसैको भनसुन आवश्यक नपर्ने रहेछ ।’ २०५० सालमा प्रहरी निरीक्षकको परीक्षा दिएका उनी प्रहरीको दोस्रो लटमा परेका थिए ।

सुरुवातमा प्रहरीको इन्स्पेक्टर पदमा नै आवेदन दिन आनाकानी गर्ने उनै यतिबेला ३२ औँ प्रहरी महानिरीक्षक बनेका छन् । केन्द्रिय अनुसन्धान ब्युरोका प्रमुखका रूपमा रहेका खापुङ आजदेखि नेपाल प्रहरीको सर्वोच्च पदको जिम्मेवारी समालेका छन्।

उक्त सालमा प्रहरी निरीक्षकको परीक्षामा उत्तीर्ण भएका प्रहरीहरूलाई पहिलो र दोस्रो लट गरी दुई पटकमा प्रहरीमा आबद्ध गरिएको थियो । जसमा २०५२ सालमा पहिलो लटमा परेका प्रहरी निरीक्षक भएका वसन्त कुबर र दिपक थापा रहेका थिए । उनीहरू दुवै जनाले प्रहरी प्रमुख भएर अवकाश पाइसकेका छन् । तर, दोस्रो लटमा परेका खापुङ भने अबको नयाँ प्रहरी प्रमुखमा नियुक्त भएका छन् ।

निरीक्षकको परिक्षा दिएपछि बुबाको निधन

खापुङ त्यो बेलामा दोस्रो लटमा परेकाले चिन्तित भएका थिए । आफले परीक्षा दिँदा र इन्टरभ्यु दिँदासम्म उनका बुबा सकुशल रहेता पनि जागिर सुरु हुने बेलामा नै बुबाको निधन भएको थियो । त्यसपछि, २०५१ सालमा बुबाको मृत्युले गर्दा १ वर्ष गाउँमा बसेर काम गर्नु परेको थियो । बुबाको निधनले गर्दा पहिलो लटमा परेको भए प्रहरीको जागिर नै खान पाउँदैन थिए । ‘प्रहरीको दोस्रो लटमा परेकाले गर्दा आज प्रहरी प्रमुख हुन पुगे’, उनले भने ‘जो हुन्छ राम्रोका लागि हुन्छ भने जस्तै भएको थियो ।’ उनी प्रहरीमा प्रवेश गर्दा ४६ सालको आन्दोलन पनि सकिएको र २०५३/५३ सालको जनआन्दोलन पनि सुरु भई नसकेको थिएन।

करियरको ‘टर्निङ्ग प्वाइन्ट’
प्रहरी निरीक्षकबाट २०५२ सालमा प्रहरीमा प्रवेश गरेका खापुङ २०६४ सालमा डिएसपीमा, २०७३ सालमा एसपीमा, २०७७ मा एसएसपीमा, २०८० मा डिआईजीमा, २०८२ मा एआईजीमा र २०८२ भदौ १३ मा आईजीपीमा बढुवा भएका हुन् । यस क्रममा खापुङ प्रहरी निरीक्षक हुँदा मोरङको इलाका प्रहरी कार्यालय बेलबारी लगायतका ठाउँमा कमान्ड गरेका थिए । डीएसपीमा उनले प्रहरी वृत्त चापागाउँ, इलाका प्रहरी कार्यालय धरान र प्रहरी वृत्त दरबारमार्गकाे इन्चार्ज भएर काम गरेका थिए । २०७३ पुसमा एसपीमा बढुवा भएका उनले जिल्ला प्रहरी कार्यालय बागलुङ र प्रहरी प्रधान कार्यालयस्थित कर्मचारी प्रशासन शाखाको कमान्ड गरेका थिए । खापुङ त्यो बेलामा दोस्रो लटमा परेकाले चिन्तित भएका थिए ।

आफले परीक्षा दिँदा र इन्टरभ्यु दिँदासम्म उनका बुबा सकुशल रहेता पनि जागिर सुरु हुने बेलामा नै बुबाको निधन भएको थियो। त्यसपछि, २०५१ सालमा बुबाको मृत्युले गर्दा १ वर्ष गाउँमा बसेर काम गर्नु परेको थियो । बुबाको निधनले गर्दा पहिलो लटमा परेको भए प्रहरीको जागिर नै खान पाउँदैन थिए । ‘प्रहरीको दोस्रो लटमा परेकाले गर्दा आज प्रहरी प्रमुख हुन पुगे’, उनले भने ‘जो हुन्छ राम्रोका लागि हुन्छ भने जस्तै भएको थियो ।’ उनी प्रहरीमा प्रवेश गर्दा ४६ सालको आन्दोलन पनि सकिएको र २०५३/५३ सालको जनआन्दोलन पनि सुरु भई नसकेको थिएन । ‘त्यो बेला स्कुले जीवन आनन्दको थियो,’ बाल्यकाल सम्झँदै उनी भन्छन्, ‘त्यो समय छलकपट र महत्त्वाकाङ्क्षा हुँदैनथ्यो ।’ स्कुल पढ्दा हाजिरी जवाफ, वादविवाद, विभिन्न किसिमका खेलकुदहरूमा पनि संलग्न हुने गर्थे । मिश्रित जातजाति भएको समाजमा हुर्केको हुनाले उनी सानैबाट नै जातजातिको विषयमा चासो राख्ने स्वभावका थिए । जसले खापुङलाई यो क्षेत्रमा गहिरो जानकारी दिएको छ ।

२०७७ वैशाखमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा भएका खापुङले उपत्यका अपराध अनुसन्धान कार्यालयको नेतृत्व गरे । साथै, उनले नेपाल प्रहरी प्रदेश कार्यालय काभ्रेको पनि कमान्ड गरेका थिए । २०८० वैशाख ६ मा डीआईजी भएका खापुङले कोसी प्रदेशको प्रहरी प्रमुख र अख्तियारमा बसेर काम गरेका थिए । त्यस्तै, एआईजी भएसँगै २०८१ मंसिर २७ मा उनी सीआईबीको प्रमुख भएका हुन् ।

त्यहाँ डीआईजी पदमा बसेर काम गर्दागर्दै उनी एआईजीमा बढुवा भएका थिए । उनले इटाली, भियतनाम र चीनमा समेत गरेर विविध विषयमा १४ वटा तालिम लिएका थिए ।

सुरुवातको तलब ३ हजार
उनी प्रहरी निरीक्षक बनेर जागिर गर्दाको पहिलो तलब ३ हजार थियो । जसमा ३ सय रुपैयाँ संचय कोषमा जान्थो भने २७ सय उनलाई तलबको रुपमा आउने गथ्र्यो । ‘प्रहरीजस्तो जनसेवामुखी क्षेत्रमा लागेर काम गर्न पाउनु नै मेरो करियरलाई सम्झनलायक र गौरवपूर्ण बनाउने पक्ष हो,’ उनले भने । प्रहरी सेवामा प्रवेश गरेको केही महिनामै देशमा जनयुद्ध शुरु भएको स्मरण गर्दै उनले त्यस्तो कठिन परिस्थितिमा समेत कर्तव्यपालन गर्नु आफ्नो जीवनको महत्वपूर्ण अनुभव बनेको बताए ।

‘त्यो बेलामा बढी भनसुन लाग्छ भने चलन थियो । आफ्नो भनसुन लगाउने मान्छे केही नभए पछि परीक्षा नै के दिनु जस्तो लागेको थियो,’ उनले भने, ‘तर आफूले मिहिनेत गरेपछि हुने रहेछ, कसैको भनसुन आवश्यक नपर्ने रहेछ ।’ २०५० सालमा प्रहरी निरीक्षकको परीक्षा दिएका उनी प्रहरीको दोस्रो लटमा परेका थिए ।

यस्तै, इन्स्पेक्टर हुदाँको पुरै समय जनयुद्धमा लडाई गरेका उनले त्यस जनयुद्धको लडाईमा सिन्धुपाल्चोकको मांखा भने ठाउँमा खटिँदा २०५६ सालमा गोली लागेर तीन महिनासम्म हस्पिटलमा बसेका थिए । उनको कम्मरमा लागेको गोली पछाडि ढाडबाट निस्किएको थियो । त्यस बेलामा कमान्डर उनै थिए । प्रहरी प्रमुख खापुङकी श्रीमती पनि प्रहरी नै हुन् । उनका परिवार पनि काठमाडौं नै छन् । जसले गर्दा उनलाई प्रहरीको भएर काम गर्न सहज छ ।

उनको तालिम शुरु भएको केही दिनमै बाला चतुर्दशी पर्वमा पशुपति खटाइएका थिए । त्यस बेलाको अनुभव स्मरण गर्दै उनी भन्छन्, ‘ शुरुमा पशुपति खटिँदा न कसैले रोकथाम गथ्र्यो, न त अन्य कुनै समस्या हुन्थ्यो, निकै आनन्दको अनुभव थियो ।’ करियरका क्रममा उनी प्रहरी अधिकृतको जिम्मेवारीसहित नेपालका विभिन्न ठाउँमा खटिए । जहाँ पुगे पनि उनले आफ्नो कर्तव्य ईमानदारीपूर्वक निर्वाह गरे र कहिल्यै विवादमा परेनन् ।

उनी कोरोनाको समयमा काठमाडौं अपराध अनुसन्धान कार्यालयका प्रमुखमारुपमा खटिएका थिए । त्यस बेलामा अपराध गर्ने नयाँ शैलीका अपराधीहरूलाई पक्राउ गर्दै अनुसन्धान गरिएको उनी बताउँछन् । उनकाअनुसार त्यो समयमा आपराधिक कार्यमा संलग्न व्यक्तिहरूले सेनीटाइजरमा मिसावट, कोरोनाका औषधीहरूमा तस्करी, नक्कली कोविट रिपोट बनाउने लगायतका अवैध कार्यहरू गर्थे ।


जनसेवक बन्ने चाहना
जनसेवा गर्ने चाहाना राख्नेले प्रहरीमा जागिर गर्दा उत्तम हुने उनी बताउँछन् । ‘सबैलाई जहाँ पनि जस्तो पनि अवस्थामा नागरिकहरूको सेवा गर्न सकिने क्षेत्र प्रहरी हो’ उनले भने । प्रहरी सर्वसाधारणको सबैभन्दा नजिकको निकाय हो । सर्वसाधारणले पनि प्रहरीबाट धेरै अपेक्षा गर्ने गर्छन् । त्यसैले गर्दा प्रहरीको सानो गल्तीलाई पनि सर्वसाधारणले याद गर्ने गरेको उनी बताउँछन् ।

सर्वसाधारणहरूको चाहना अनुसार प्रहरीले विभिन्न स्रोत र साधनको कमीले गर्दा अनुसन्धान गर्न समय लाग्न समेत गरेको उनी बताउँछन्। जसले गर्दा कति प्राय अवस्थामा प्रहरीले गाली खाने समेत अवस्थाको सिर्जना हुन्छ उनले भने।

दुई महिना ७ दिन प्रहरीको कमान्ड प्रबल जनसेवाश्री प्राप्त गरेका खापुङ गीतकार समेत हुन् । सानै उमेरबाट नै कविता, गीत लेख्ने गरेका उनको दुई महिना अघि मात्रै सुवास बनेर आउनु तिमी नामक गीत सार्वजनिक भएको थियो । बढ्दै गइरहेको आर्थिक तथा वित्तीय अपराधका घटनाहरू धेरै जसो डिजिटल क्षेत्रको विकासले गर्दा भइरहेको छ । जसको अनुसन्धानका लागि पर्याप्त प्रविधिहरू लागि नयाँ तरिकाले अनुसन्धान गर्दा यस्ता अपराधहरूमा कमी आउने उनी बताउँछन् ।

सर्वसाधारणहरूको चाहना अनुसार प्रहरीले विभिन्न स्रोत र साधनको कमीले गर्दा अनुसन्धान गर्न समय लाग्न समेत गरेको उनी बताउँछन्। जसले गर्दा कति प्राय अवस्थामा प्रहरीले गाली खाने समेत अवस्थाको सिर्जना हुन्छ उनले भने।

जनसेवामा तत्पर रहने जो कोहीका लागि प्रहरी पेसा उत्तम विकल्प हो। प्रहरीमा काम गर्दा जनताको सुरक्षा, शान्ति र अपराध नियन्त्रणमा प्रत्यक्ष योगदान पुर्‍याउन सकिन्छ। प्रहरी सेवामा समर्पण, इमानदारी र मेहनतलाई मुख्य मूल्यका रूपमा लिएर अघि बढ्नुपर्ने बताए ।