काठमाडौं – नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनीले २ सय प्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिको बैठकले शयरधनीहरुलाई १ः२ को अनुपात (हाल १ कित्ता शेयर बराबर २ कित्ता शेयर) मा हकप्रद शेयर जारी गर्ने भएको हो ।
कम्पनी सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो असोज ८ गते वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको नक्सालस्थित होलिडे इन एक्सप्रेसमा बिहान साढे ९ बजेबाट सुरु हुनेछ। सञ्चालक समितिले विद्यमान अधिकृत पुँजी ५ अर्ब रुपैयाँलाई वृद्धि गरेर १० अर्ब रुपैयाँ पुर्याउने निर्णय गरेको छ ।
हकप्रद शेयर जारीपछि शेयर संरचनाबमोजिम जारी पुँजी तथा चुक्तापुँजीलाई तदनुरुप वृद्धि गर्ने प्रस्ताव सभाले पारित गर्नेछ।कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने र नियमनकारी निकायबाट संशोधनका लागि प्राप्त रायसुझावअनुरुप कार्य गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव सभाले अनुमोदन गर्नेछ।
सभाले गत आर्थिक वर्ष २०८१।८२ को वार्षिक तथा लेखा परीक्षकको प्रतिवेदन स्वीकृति गर्नेछ। चालु आर्थिक वर्ष २०८२।८३ का लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव सभाले पारित गर्नेछ। नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको पूर्ण स्वामित्वमा स्थापना गरिएको सहायक कम्पनी हो । बीमा बजारमा २५ वर्षमा प्रवेश गर्दै गरेको अवसरमा कम्पनीले ५ अर्ब रुपैयाँ लगानीमा यो कम्पनी सञ्चालमा ल्याएको हो ।





About Us
प्रतिक्रिया