काठमाडौं – नेपाल राष्ट्र बैंकले एकैपटक १०७ कर्मचारीको सरुवा गरेको छ । केन्द्रीय बैंकले विभिन्न पद र विभागमा रहेकाहरुको सरुवा गरेको हो ।
राष्ट्र बैंकले सहायक निर्देशकदेखि कार्यकारी निर्देशकसम्मका कर्मचारीहरुको सरुवा गरेको हो । यसपटक राष्ट्र बैंकले विभिन्न कार्यालय, विभाग र महाशाखामा कार्यरत कर्मचारी सरुवा गरेको हो । यसअघी भने केन्द्रीय बैंकले पटक–पटक गरेर कर्मचारीको सरुवा गर्दै आएको थियो ।
राष्ट्र बैंकले आन्तरिक लेखापरीक्षण विभागमा कार्यरत नरेश शाक्यलाई लघुवित्त संस्था सुपरिवेक्षण विभागमा सरुवा गरेको छ भने लघुवित्त सुपरिवेक्षणका विमलराज खनाललाई वित्त व्यवस्थापन विभागमा पठाइएको छ । यस्तै, पोखरा कार्यालयका निर्देशक दीपकराज लामिछानेलाई आन्तरिक लेखा परीक्षण विभागमा सरुवा गरिएको केन्द्रीय बैंकको मानव संशाधन विभागले जनाएको छ ।
केन्द्रीय बैंकले ३८ जना उपनिर्देशक र ६६ जना सहायक निर्देशकको पनि सरुवा गरेको छ ।






About Us
प्रतिक्रिया