काठमाडौं । नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनेपेले आधिकारिक रूपमा सिटीपेलाई आफ्नो पारिस्थितिकी प्रणालीमा एकीकृत गरिएको दशौँ डिजिटल वालेटको रूपमा स्वागत गरेको छ । यस उपलब्धिले नेपालमा सहज, सुरक्षित र समावेशी डिजिटल भुक्तानी वातावरण निर्माण गर्ने फोनेपेको दृष्टिलाई अझ बलियो बनाउने लक्ष्य सामेल रहेको बताइएको छ ।
यस साझेदारीमार्फत, सिटीपे वालेट प्रयोगकर्ताहरू अब फोनेपेको राष्ट्रव्यापी अन्तरसञ्चालित क्यूआर नेटवर्क पहुँच गर्न सक्नेछन् । जसले गर्दा उनीहरूले देशभर १.७ मिलियनभन्दा बढी व्यापारी आउटलेटहरूमा भुक्तानी गर्न सक्नेछन् । हाल, फोनेपे नेटवर्कले ६० भन्दा बढी बैंक र वित्तीय संस्थाहरूलाई जोडेको छ र बढ्दो संख्यामा वालेट साझेदारहरूलाई पनि समेटेको छ, जसले लाखौं प्रयोगकर्ताहरूलाई सुरक्षित र तत्काल डिजिटल लेनदेनको सुविधा प्रदान गर्दछ ।
सिटीपेलाई स्वागत गर्दै, फोनेपेले वित्तीय समावेशीकरण बढाउने र नेपालभर नगद रहित कारोबार प्रवर्द्धन गर्ने आफ्नो भूमिकालाई अझ सुदृढ बनाउँछ । उपस्थितिमा बोल्दै, फोनेपेका प्रमुख कार्यकारी अधिकृत दिवस कुमारले भने ‘हाम्रो पारिस्थितिकी प्रणालीमा सिटीपे स्वागत गर्नु हाम्रो यात्रामा एक महत्वपूर्ण कदम हो । प्रत्येक नयाँ एकीकरणले नेटवर्कलाई बलियो, समावेशी र नेपालका जनताको लागि अझ मूल्यवान बनाउँछ ।’
त्यस्तैगरी, सिटीपेका प्रमुख कार्यकारी अधिकृत बिनय रेग्मीले यो साझेदारी केवल प्रविधिबारे नभएर लाखौं रेमिट्यान्स लाभार्थीलाई सशक्त बनाउने माध्यम भएको बताए । उनले सिटीपे र फोनेपेसँगै लाखौं प्रयोगकर्ता र व्यापारीहरूलाई सहज, सुरक्षित र तत्काल लेनदेन गर्न सक्षम बनाउने बताए ।
यस महत्वपूर्ण साझेदारीलाई विशेष बनाउन, सिटीपेले आफ्ना मूल्यवान ग्राहकहरूका लागि फोनेपे नेटवर्कमार्फत गरिने कारोबारमा आधारित विशेष पर्व–अभियान घोषणा गरेको छ । २०२५ सेप्टेम्बर २ देखि नोभेम्बर २ सम्म, सिटीपे वालेट प्रयोगकर्ताले प्लेटफर्ममार्फत गर्ने प्रत्येक कारोबारले स्वचालित रूपमा भाग्यशाली चिट्ठामा प्रवेश गर्नेछन् ।
अभियान अवधिभर दुई भाग्यशाली विजेताले दुईवटा सामसङ ब्रान्ड टेलिभिजन प्राप्त गर्नेछन् । विजेताहरू मासिक रूपमा घोषणा गरिनेछ । यससँगै, सिटीपेले ५०० भन्दा माथिको प्रत्येक क्यूआर कारोबारमा २० रिवार्ड पोइन्ट प्रदान गर्नेछ । जुन, कम्पनीको नीतिअनुसार लाभग्राहीले नगद वा वस्तुको रूपमा रूपान्तरण गर्न सक्नेछन् ।



About Us
प्रतिक्रिया