सुनको मूल्यमा ‘रेकर्ड ब्रेक’ चार दिनदेखि लगातार बढ्दै, तोलाको २ लाख ६ हजारको आसपास

‘चार दिनमा ६५ सयले बढ्यो मूल्य’


काठमाडौं – केही दिनयता नेपाली बजारमा सुनको मूल्यले दिनहुँ नयाँ कीर्तिमान राखिरहेको छ। गएका चार दिनदेखि लगातार बढिरहेको सुनको मूल्य आज ६ सयले बढ्दै अहिलेसम्मकै उच्च बनेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य २ लाख ५ हजार ९ सय रुपैयाँ पुगेको छ । गएको शुक्रबारदेखि सुनले लगातार उच्च मूल्यको नयाँ रेकर्ड बनाइरहेको छ।

शुक्रबार सुनको मूल्य तोलामा १२ सय रुपैयाँ बढेको थियो भने आइतबार ३ हजार र सोमबार तोलामा १ हजार ७ सय रुपैयाँ बढेको थियो।

आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँ बढेर चाँदीको मूल्य आज २ हजार ४ सय ७० रुपैयाँ पुगेको छ । चाँदीको मूल्य पनि हालसम्मकै उच्च हो ।