काठमाडौं – आईएमई लाइफ इन्स्योरेन्स कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेल वित्तीय सेवा र डिजिटल नवप्रवर्तनमा उत्कृष्टता पुरस्कार २०२५ बाट सम्मानित भएका छन्। सिजन मिडियाद्वारा आयोजित छैटौँ एसियन प्रोफेसनल एचिभमेन्ट अन्तर्गत उनले वित्तीय सेवा र डिजिटल नवप्रवर्तनमा पुर्याएकाे याेगदान स्वरूप साे पुरस्कार पाएका हुन्।
यो सम्मान उनको वित्तीय सेवा क्षेत्रमा डिजिटल नवप्रवर्तन, नेतृत्व र उत्कृष्ट योगदानको कदर स्वरूप प्रदान गरिएको हो। सिजन मिडियाले हरेक वर्ष वित्तीय सेवा र प्रविधि क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने व्यक्तिहरूलाई यो पुरस्कार प्रदान गर्दै आएको छ। पौडेलको यो उपलब्धिले नेपालको बीमा र वित्तीय क्षेत्रमा डिजिटल रूपान्तरणको महत्त्वलाई थप उजागर गर्ने विश्वास पनि राखिएको छ ।
आईएमई लाइफ इन्स्योरेन्सले पौडेलको नेतृत्वमा ग्राहक केन्द्रित सेवाहरू र डिजिटल प्लेटफर्महरूको विकासमा जोड दिँदै आएको छ । जसले कम्पनीलाई नेपालको बीमा क्षेत्रमा अग्रणी स्थान बनाउन सहयोग गरेको छ। उनको नेतृत्वमा कम्पनीले बीमा क्षेत्रमा प्रविधिको उपयोगलाई प्राथमिकता दिँदै ग्राहकहरूको अनुभवलाई थप सरल र पहुँचयोग्य बनाएको छ।

रेमिट्यान्स, भुक्तानी प्रणाली, फिनटेक तथा डिजिटल वालेट र अन्तर देशीय कारोबारमा समेत अब्बल उनी बीमा क्षेत्रको समग्र वित्तीय सेवा र डिजिटल नवप्रवर्तनमा उत्कृष्टता सम्मानित हुँदा आफू आभारी रहेको बताउँछन्। उनी भन्छन्, ‘मलाई सिजन मिडियाद्वारा प्रदान गरिएको २०२५ को वित्तीय सेवा र डिजिटल नवप्रवर्तन उत्कृष्टता पुरस्कार प्राप्त गर्दा साँच्चै गर्व महसुस भएको छ। ’ उनले आइएमई परिवारको निरन्तर प्रोत्साहन बिना यो सफलता सम्भव नभएकाे बताउँछन्।
आईएमई लिमिटेड र जीएमई मर्जरपछि पौडेलले आईएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पद छाडेर आईएमई लाइफमा प्रवेश गरेका हुन् । आईएमई लिमिटेडको स्थापनादेखि नै विभिन्न जिम्मेवारीमा रहेका खिलेन्द्र रेमिट्यान्स, भुक्तानी प्रणाली, फिनटेक तथा डिजिटल वालेट र अन्तर देशीय कारोबारमा अब्बल छन् ।
त्रिभुवन विश्वविद्यालयबाट एमबीए फाइनान्स गरेका पौडेलले भारतको अहमदावाद स्थित इन्डियन इन्स्टिच्युट अफ म्यानेजमेन्ट र मलेसियाको इन्स्टिच्युट अफ ब्यांकर्स मलेसियाबाट कार्यकारी वित्तीय व्यवस्थापन तथा अन्तर देशीय लगानी व्यवस्थापन विषयमा एक्जुकेटिभ कोर्स गरेका छन् । पौडेलले अमेरिकास्थित हार्भड केनेडि स्कुलबाट पोलिसी डिजाइन र वित्तीय सेवा सम्बन्धी व्यावसायिक कोर्स पनि गरेका छन् ।





About Us
प्रतिक्रिया