सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी कानुनको पालना गर्दै सजायबाट बच्न राष्ट्र बैंकको आग्रह


काठमाडौं – नेपाल राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी कानुनको पालना गर्दै कानुनी सजायबाट बच्न आग्रह गरेको छ । केन्द्रीय बैंकले एक सूचना जारी गर्दै सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी कानुनको पालना गर्नुपर्नेमा जोड दिएको हो ।

राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ अनुसार सम्पत्ति शुद्धीकरण भन्नाले कुनै व्यक्तिले प्राप्त गरेको सम्पत्ति कसुरबाट प्राप्त गरेको सम्पत्ति हो भन्ने थाहा पाउँदापाउँदै वा विश्वास गर्नुपर्ने पर्याप्त आधार हुँदाहुँदै त्यस्तो सम्पत्तिको गैरकानुनी स्रोत लुकाउने वा छल्ने वा कसुरमा संलग्न व्यक्तिलाई कानुनी कारबाहीबाट बचाउन सहयोग गर्ने उद्देश्यले सम्पत्तिको कुनै पनि प्रकारले रूपान्तरण वा हस्तान्तरण गर्ने, कसुरबाट प्राप्त सम्पत्तिको सही प्रकृति, स्रोत, स्थान, निःसर्ग, कारोबार, स्वामित्व वा सो सम्पत्तिउपरको अधिकार लुकाउने, छल्ने वा बदल्ने, त्यस्तो सम्पत्ति प्राप्त गर्ने, प्रयोग गर्ने वा धारण गर्ने, उल्लिखित कुनै कार्यको षड्यन्त्र, मद्दत, दुरुत्साहन, सहजीकरण गर्न वा सम्बद्धता वा सहभागिता जनाउने वा मतियार हुने विषयलाई बुझाउने जानकारी समेत दिएको छ ।

राष्ट्र बैंकले यस्तो कार्य गर्ने व्यक्तिले कानुनबमोजिम सजायको भागीदार हुनुपर्ने उल्लेख गरेको छ ।