स्वावलम्बन लघुवित्तले गर्यो शेयर स्वामित्व संरचना परिवर्तन गर्ने निर्णय


काठमाडौं – स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर स्वामित्व संरचना परिवर्तन गर्ने निर्णय गरेको छ । संस्थाको भदौ १५ गते बसेको सञ्चालक समितिको ४६४ औं बैठकले सो निर्णय गरेको हो ।

बैठकले संस्थाको हाल कायम संस्थापक शेयरमध्ये ९ प्रतिशत विन्दुले हुन आउने संस्थापक शेयरलाई सर्वसाधारणमा परिणत गरी हालको संस्थापक र सर्वसाधारण शेयरकाे अनुपात ६०ः४० लाई ५१ः४९ कायम गर्ने निर्णय गरेको छ ।