काठमाडौं– नेपाली बजारमा आज सुन चाँदीको मूल्यले पुनः नयाँ कीर्तिमान कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य एकैदिन १७ सय रुपैयाँले बढेको छ।
योसँगै प्रतितोला छापावाल सुनको मूल्य २ लाख ५ हजार ३ सय रुपैयाँ कायम भएको छ। यो हालसम्मकै उच्च हो। आइतबार सुनको मूल्य प्रतितोला २ लाख ३ हजार ६०० रुपैयाँमा किनबेच भएको थियो।
आज चाँदीको मूल्य पनि तोलामा ४५ रुपैयाँले बढेर २ हजार ४७० रुपैयाँ कायम भएको छ।





About Us
प्रतिक्रिया