प्राइम कमर्सियल बैंकको संस्थापक शेयर बिक्रीमा 


काठमाडौं –  प्राइम कमर्सियल बैंकले आजदेखि संस्थापक शेयर बिक्रीमा राखेको छ ।  बैंकले संस्थापक शेयरधनीको नाममा रहेको संस्थापक शेयर बिक्रीमा राखेको हो । बैंकको भदौ ८ गते बसेको सञ्चालक समितिको ५३९ औं बैठकको निर्णय अनुसार  विद्यमान संस्थापक शेयरधनीको लागि संस्थापक शेयर बिक्रीमा राखेको हो । 

उक्त, शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बैंकको कम्पनी सचिवको कार्यालयमा आवेदन दिन सक्नेछन् ।  

साथै, उक्त समयावधि भित्र विद्यमान संस्थापक शेयरधनीबाट कुनै निवेदन प्राप्त नभएमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३, नेपाल राष्ट्र बैंकले यस सम्बन्धमा बैंकहरुलाई जारी गरेको निर्देशन तथा अन्य प्रचलित कानुन बमोजिम उक्त संस्थापक अन्य व्यक्ति तथा संस्थामा बिक्री गर्ने बैंकले जनाएको छ ।  बैंकले संस्थापक शेयर संख्या भने खुलाएको छैन ।