काठमाडौं – नेपाली बजारमा आइतबार सुनको मूल्य नयाँ कीर्तिमान कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य एकैदिन ३ हजार रुपैयाँले बढेको छ।
योसँगै प्रतितोला छापावाल सुनको मूल्य २ लाख ३ हजार ६०० रुपैयाँ कायम भएको छ। यो हालसम्मकै उच्च हो। गत शुक्रबार सुन प्रतितोला २ लाख ६०० रुपैयाँमा किनबेच भएको थियो।
यसैगरी आइतबार चाँदीको मूल्य पनि तोलामा ६५ रुपैयाँले बढेर २ हजार ४२५ रुपैयाँ कायम भएको छ। जुन हालसम्मकै उच्च हो। गत शुक्रबार चाँदी प्रतितोला २ हजार ३६० रुपैयाँमा कारोबार भएको थियो।






About Us
प्रतिक्रिया