नेपाल लाइफद्वारा पूर्ण र आंशिक भुक्तानी रकम बुझिलिन बीमितलाई आग्रह



काठमाडौं – नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना बीमितहरूलाई पूर्ण अवधि तथा आंशिक अवधि भुक्तानी रकम बुझिलिन आग्रह गरेको छ। कम्पनीले एक सूचना जारी गर्दै विभिन्न बीमा योजनाअन्तर्गत रकम भुक्तानीको समय पुगिसकेका बीमित र तिनका हकवालालाई तत्काल रकम बुझिलिन अनुरोध गरेको हो।

‘विभिन्न समयमा बीमा योजनाहरूमा सहभागी भएका बीमितहरूले निर्धारित समयमा पनि पूर्ण वा आंशिक भुक्तानी रकम बुझिलिन नआए पछि सूचना प्रकाशित गरिएको कम्पनीले उल्लेख गरिएको छ । साथै सम्बन्धित बीमित वा हकवालालाई आफ्नो बीमालेखअन्तर्गतको रकम प्राप्त गर्न नजिकको शाखा कार्यालयमा सम्पर्क गर्न उक्त सूचनामा उल्लेख गरिएको छ ।