काठमाडौं – यो साता सुनको मूल्यमा उच्च वृद्धि देखिएको छ । यो साता सुन मूल्यले २ लाख ६ सय रुपैयाँ पुग्दै उच्च कीर्तिमानी कायम गर्यो । यो साताको पहिलो कारोबारको दिन आइतबार २ हजार ३ सय रुपैयाँले बढ्दै प्रतितोला सुन १ लाख ९७ हजार ५ सय रुपैयाँमा कारोबार भयो ।
आइतबार बढेको सुनको मूल्य सोमबार प्रतितोला ३ सय रुपैयाँले घट्दै १ लाख ९७ हजार २ सय रुपैयाँ कायम भयो । मंगलबार प्रतितोला १ हजार ५ सय रुपैयाँले बढ्दै प्रतितोला सुनको मूल्य १ लाख ९८ हजार ७०० रुपैयाँ तोकियो । यस्तै, बुधबार प्रतितोला ३ रुपैयाँले बढ्दै प्रतितोला १ लाख ९९ हजार रुपैयाँ पुग्यो ।
बिहीबार पनि सुनको मूल्य ४ सय रुपैयाँले बढ्दै १ लाख ९९ हजार ४ सय रुपैयाँ पुग्यो । यस्तै, शुक्रबार प्रतितोला १२ सय रुपैयाँले बढ्दै सुनको मूल्य २ लाख ६ सय रुपैयाँ पुग्यो । साता समग्रमा सुनको मूल्यमा ३१ सय रूपैयाँले बढ्याे ।






About Us
प्रतिक्रिया