साना किसान विकास लघुवित्तको सीईओको कार्यकाल सकियो, नायब सीइओ थापालाई दिइओ कामु


काठमाडौं– साना किसान विकास लघुवित्तका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. शिवराम प्रसाद कोईरालाको कार्यकाल आज शुक्रबारबाट सकिएको छ । सञ्चालक समितिको शुक्रबार बसेको ६५ औं बैठकबाट नायव प्रमुख कार्यकारी अधिकृत पृथ बहादुर थापालाई सीईओ नियुक्त गरिएको छ ।

थापालाई शनिबारदेखि लागु हुने गरी अर्को व्यवस्था नभएसम्मको लागि कायम मुकायम प्रमुख कार्यकारी अधिकृत पदको जिम्मेवारी प्रदान गर्ने निर्णय भएको लघुवित्तले जानकारी दिएको छ ।

०७४ सालमा पहिलोपटक सीइओ नियुक्त भएका कोइरालाले दोस्रोपटक पनि सीइओमा नियुक्त भएका थिए ।