९९ लाख बिगो भएको बैंकिङ्ग कसुरका फरार प्रतिवादी पक्राउ 


काठमाडौं – बैंकिङ्ग कसुर मुद्दामा फरार रहेका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। गोरखाको आरुघाट घर भई हाल भक्तपुरको  लोकन्थली बस्दै आएका ४१ वर्षीय हरिस चन्द्र खनाललाई प्रहरीले पक्राउ गरेको हो।

उनलाई १८ दिन कैद सजाय र ९९ लाख ९१ हजार जरिवाना हुने जिल्ला अदालतको फैसलाअनुसार खोजी कार्य भइरहेकोमा जिल्ला प्रहरी परिसर काठमाडौं अन्तर्गत नयाँ बानेश्वर वृत्तबाट खटिएको टोलीले काठमाडौं महानगरपालिका–३२ कोटेश्वरबाट पक्राउ गरेको हो । 

पक्राउ परेका खनाललाई आवश्यक कारबाहीका लागि सम्मानित जिल्ला अदालत काठमाडौंमा पेस गरिएको प्रहरीले जनाएको छ ।