सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी कार्यविधि जारी, ५ करोडसम्म ऋण पाउने


काठमाडौं – नेपाल राष्ट्र बैंकले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी कार्यविधि, २०८२ जारी गरेको छ । केन्द्रीय बैंकले कार्यविधि जारी गर्दै विभिन्न व्यवस्थाहरु समावेश गरेको छ ।

बैंक तथा वित्तीय संस्थाले कृषि तथा पशुपन्छी कर्जा ५ करोडसम्म, महिला उद्यमशील कर्जा २५ लाखसम्म, वैदेशिक रोजगारबाट फर्केका युवा स्वरोजगार कर्जा २० लाखसम्म, शिक्षित युवा परियोजना कर्जा २० लाखसम्म, दलित समुदाय भगत्त सर्वजित उद्यम विकास कर्जा २० लाखसम्म, स्टार्टअप उद्यम कर्जाका लागि २५ लाखसम्म, उद्योगमा बोइलर प्रतिस्थापन कर्जाका लागि अधिकतम ५० लाखसम्म, प्राकृतिक विपद् पीडितको निजी आवास निर्माण कर्जा ५ लाखसम्म कर्जा प्रदान गराउन सक्नेछन् ।

एक पटक स्वीकृत भएको सहुलियतपूर्ण कर्जाको सीमा पुनः वृद्धि गर्न नपाइने व्यवस्था गरेको छ भने सहुलियतपूर्ण कर्जा एकाघर परिवारको एक जना भन्दा बढी सदस्यलाई प्रदान गर्न पाउने छैनन् । यस्तो कर्जामा बढीमा पाँच वर्षसम्म ब्याज अनुदान प्राप्त हुनेछ । यसमा बैंक तथा वित्तीय संस्थाले कर्जाको प्रकार, रकम, उद्देश्य, व्यवसायको प्रकृति, प्रतिफलको अवधि र जोखिमको स्तर लगायतका आधारमा ग्रेस अवधि, किस्ता तथा ऊर्जा मुक्तानी अवधि निर्धारण गर्नुपर्ने बताएको छ ।